फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बेल्ट एण्ड रोड" बौद्धिक सम्पदा उच्चस्तरीय बैठक पैचिङमा सुरु

(GMT+08:00) 2018-08-29 15:14:51

दस दिने सन् २०१८ "बेल्ट एण्ड रोड" बौद्धिक सम्पदा उच्चस्तरीय बैठक २८ तारिखदेखि पैचिङमा सुरु भएको छ। सो बैठकको मुख्य विषयवस्तु "सहिष्णु, विकास, सहयोग र साझा विजय" भन्ने रहेको छ। लगभग ६० देशका बौद्धिक सम्पत्ति संस्था, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनले वर्तमान अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्तिको विकासमा नयाँ प्रवृत्ति, "बेल्ट एण्ड रोड"वरिपरी देशहरुका सामु देखापरेको बौद्धिक सम्पदा अधिकार क्षेत्रका समस्याबारे छलफल गरेका छन्।

चिनियाँ राष्ट्रिय बौद्धिक सम्पदा व्यूरोबाट प्रकाशित तथ्यांकका अनुसार, हालसम्म चीनले "बेल्ट एण्ड रोड" वरिपरी लगभग ४० देशहरुसँग बौद्धिक सम्पदासम्बन्धी द्वीपक्षीय सहयोग सम्बन्धको स्थापना गर्नुका साथै जीसीसी, आशियन, ई.ए.पी.ओ.लगायत क्षेत्रीय संगठनसँग सहयोगात्मक सन्धिमा हस्ताक्षर गरेको छ। विश्व बौद्धिक सम्पदा संगठनका महानिर्देशक फ्रान्सिस गरीले २८ तारिख "बेल्ट एण्ड रोड" बौद्धिक सम्पत्तिसम्बन्धी बहुपक्षीय सहयोग प्रणालीको निर्माणमा चीनको प्रयासप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

जानकारी तथा लेखहरु