फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नागरिक उड्डययन कम्पनीद्वारा क्वाङचौ-लाहोर प्रत्यक्ष उडान शुरू

(GMT+08:00) 2018-08-29 15:15:49

अगष्ट २८ तारिख बेलुकी ५ बजेर १० मिनेट जाँदा क्वाङचौ अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक उड्डययन कम्पनीबाट संचालित बोइङ ७३७ विमानले क्वाङचौ-लाहोर प्रत्यक्ष उडान भरेको छ। यो नै चिनियाँ नागरिक उड्डययन कम्पनी चाइना साउदर्नबाट संचालित पहिलो क्वाङचौ-लाहोर प्रत्यक्ष उडान हो। यसबाट बेल्ट एण्ड रोड सम्बद्ध मुलुक तथा क्षेत्र बीचको सम्पर्कलाई अझै अघि बढाइएको छ।

क्वाङचौ-लाहोर प्रत्यक्ष उडान प्रति हप्ता ४ वटा छन्। हाल चाइना साउदर्नले हरेक शुक्रबार उरूमुछी-इस्लामाबाद पनि उठान गर्ने गर्दछ।

बितेका केही वर्षमा चाइना साउदर्नले संचालन गर्ने रूटबाट बेल्ट एण्ड रोड नेटवर्कमा संलग्न दक्षिण एशिया, दक्षिण-पूर्वी एशिया, दक्षिण प्रशान्त महासागर, पश्चिम-मध्य एशियाका क्षेत्रहरू समेटिएको छ र सम्बद्ध मुलुक तथा क्षेत्रसँग हवाइ उडानमार्फत् जोडिने मुख्य शक्ति बनिसकेको छ।

जानकारी तथा लेखहरु