फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दशौं चिनियाँ मूलका विदेशीको स्वदेश फिर्ती तथा आफन्तजनको प्रतिनिधि बैठक पैचिङमा

(GMT+08:00) 2018-08-29 18:58:18

दशौं स्वदेश फर्कने चिनियाँ मूलका विदेशीहरु र उनीहरुको परिवारका प्रतिनिधि बैठक २९ तारिख पैचिङमा सुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङलगायत नेतागण उक्त बैठकमा सहभागी हुनुहुन्थ्यो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य चाउ ल चीले केन्द्रीय समितिको प्रतिनिधित्वमा सम्बोधन गर्नुभयो। उहाँका अनुसार, स्वदेश फर्कने चिनियाँ मूलका विदेशीहरु तथा उनीहरुको परिवार र विदेशमा बसोबासरत चिनियाँ मूलका विदेशीहरुले सधैं नै मातृभूमि सँगसँगै सास-प्रश्वास फेर्नुका साथै साझा रुपमा भाग्यको अनुभव गरेर देशको आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेल्दैआएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनद्वारा प्रस्तुत सम्पन्न समाजको चौतर्फी निर्माण र समाजवादी आधुनिकीकरण देशको चौतर्फी निर्माण योजना पूरै पार्टी र जनताको साझा लक्ष्य हुनुका साथै चीन र विदेशमा बसोबासरत चिनियाँहरुको साझा मिशन हो।

स्वदेश फर्कने चिनियाँ मूलका विदेशीहरु तथा उनीहरुको परिवार र विदेशमा बसोबासरत चिनियाँ मूलका विदेशीहरुले पार्टी र जनताको अनुरोधलाई मनमा राखेर चीनको आवाज र चिनियाँ सँस्कृतिको प्रसार गर्नुका साथै मातृभूमिको विकासमा सहयोग गरी चिनियाँ जातीको महान पुनरुत्थान गर्ने चिनियाँ सपनालाई साकार तुल्याउन र मानव भाग्य समुदायको निर्माण गर्नका लागि नयाँ योगदान गर्ने आशा पनि चाउले गर्नुभएको छ।

जानकारी तथा लेखहरु