फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पा ता लिङ विशाल पर्खाल

(GMT+08:00) 2018-08-30 14:51:00

पैचिङ सहरमा मर्मत गरिएको विशाल पर्खाल जम्मा गरी आठ वटा भाग छन्, यी मध्ये पा ता लिङ सबैभन्दा विश्वव्यापी रूपमा नामी छ। पा ता लिङ विशाल पर्खाल पैचिङ सहरको उत्तरी भागमा पर्दछ। यो चीनको मिङ वंशमा निर्माण भएको विशाल पर्खालको प्रतिनिधि हो। यसमा मर्मत भएर पर्यटन गर्न सकिने कूल लम्बाई लगभग चार किलोमिटर छ, तर मिङ वंशमा निर्माण गरिएको विशाल पर्खालको कूल लम्बाई लगभग नौ हजार किलोमिटर लामो थियो। पा ता लिङ विशाल पर्खालमा ज्यादै उकालो छ।तथ्यांक अनुसार एक वर्षमा पा ता लिङको अवलोकन गरेका पर्यटकको संख्या एक करोडभन्दा बढी पुग्छ।
जानकारी तथा लेखहरु