फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष तथा आइभोरी कोस्टका राष्ट्रपति बीच भेट-वार्ता

(GMT+08:00) 2018-08-30 16:23:28

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ३० तारिख पैचिङस्थित जनबृहत सभाभवनमा आइभोरी कोस्टका राष्ट्रपति आलासाने क्वातारसँग भेट-वार्ता गर्नुभएको छ। वार्तामा उहाँहरूले हितयुक्त आपसी सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याउने सहमति जनाउनुभएको छ।

चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनमा भाग लिन तथा चीनको राजकीय भ्रमण गर्न आउनुभएका आइभोरी कोस्टका राष्ट्रपति आलासानेको स्वागत राष्ट्राध्यक्ष सीले गर्नुभएको छ। अझ घनिष्ट चीन-अफ्रिका संयुक्त भाग्य समुदायको निर्माणमा केन्द्रित यस पटकको शिखर सम्मेलनबाट चीन-अफ्रिका चौतर्फी रणनैतिक सहयोग साझेदारी सम्बन्धलाई गहन पार्न तथा विकासोन्मुख मुलुकहरूको एकता तथा सहयोगको विकासको लागि अर्थपूर्ण रहेको सीले औंल्याउनुभएको छ।

राष्ट्राध्यक्ष सीले दुवै पक्षको मुख्य हितसँग घनिष्ट भएका विषयमा एकले अर्काको समर्थन गर्दै बेल्ट एण्ड रोडको संयुक्त निर्माणको मौका छोपेर उच्चस्तरिय दिगो तथा साझा विकास गर्नुपर्ने पुष्टी पनि गर्नुभएको छ।

भेटवार्तामा आइभोरी कोस्टका राष्ट्रपति आलासानेले राष्ट्राध्यक्ष सीबाट प्रस्तुत बेल्ट एण्ड रोड अवधारणाको पूर्ण समर्थन गर्दै यसमा सक्रियताका साथ भाग लिँदै जाने इच्छा व्यक्त गर्नुभएको छ। साथै उहाँले चीनले बहुपक्षीय मामिलामा विकासोन्मुख मुलुकको हक-अधिकारको संरक्षणको लागि गरेको प्रयासको उच्च मूल्याङ्कन पनि गर्नुभएको छ।

वार्तापछि उहाँहरूले आपसी सहयोग सम्बन्धि दस्तावेजमा हस्ताक्षर समारोहमा पनि भाग लिनुभएको छ।

जानकारी तथा लेखहरु