फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीबाट चीन र अफ्रिकाबीचको मित्रताको प्रशंसा

(GMT+08:00) 2018-08-30 16:24:39

तान्जानिया-जाम्बिया रेलवे चीनको सबैभन्दा ठूलो वैदेशिक सहायताका कार्यक्रमहरुमा हालसम्मकै सबैभन्दा ठूलोमध्ये एक हो। उक्त रेलवेको लम्वाई १ हजार ८ सय ६०.५ किलोमिटर छ। सन् १९७० अक्टोबरदेखि रेलवेको निर्माण सुरु भएर सन् १९७६ जुलाई महिनामा पूरा भएको थियो। उक्त रेलवे तान्जानिया र जाम्बिया जोड्ने महत्वपूर्ण मञ्च बन्नुका साथै चीन र अफ्रिकाका जनताबीच मित्रताको कोसेढुङ्गा पनि बनेको छ।

तान्जानियाको पूर्वी क्षेत्रमा तान्जानियाको निर्माणका लागि ज्यान गुमाएका ६९ जना चिनियाँहरुको चिहान स्थल पर्दछ। सन् २०१३ मार्चमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पहिलोपटक अफ्रिकाको भ्रमण गर्दा उक्त चिहानस्थलको भ्रमण गर्नुभयो।

उहाँले श्रद्धान्जली व्यक्त गर्नुभयो-"लगभग चालीस वर्षअघि पचास हजारभन्दा बढी चिनियाँहरुले सदिच्छापूर्ण भावना लिएर अफ्रिका आए। उनीहरुले तान्जानिया र जाम्बियाका दाजु-भाईसँगसँगै प्रयासमा विविध कठिनाइको सामना गरेर व्यापक अफ्रिकी घाँसे मैदानमा आफ्नो पसिना, रगत र जीवनद्बारा मित्रता र स्वतन्त्रता मार्ग मानिएको तान्जानिया- जाम्बिया रेलवेको निर्माण गरे। तिनीहरुमध्ये ६०भन्दा बढीले जन्मस्थलबाट टाढा क्षेत्रमा ज्यान गुमाए। तिनीहरुले जीवनमार्फत महान अन्तर्राष्ट्रीयवादी भावनाको व्याख्या गरेर चीन-तान्जानिया तथा चीन-जाम्बियाबीच मैत्रीपूर्ण स्मारकको निर्माण गर्ने बहादुर हुन्। तान्जानिया- जाम्बिया रेलवेजस्तै तिनीहरुको नाम चिनियाँ जनता र तान्जानिया तथा जाम्बिया जनताको मनमा दृढताका साथ याद गरिनेछ। "

1  2  3  4  
जानकारी तथा लेखहरु