फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङको कथामाः चीनको यीउमा अफ्रिकी व्यापारी

(GMT+08:00) 2018-08-30 16:27:06

बितेका केही वर्षयता चीन तथा अफ्रिकाबीचको आर्थिक तथा व्यापारिक सहयोग दिनप्रतिदिन बढ्दै आएको छ। बढी भन्दा बढी अफ्रिकीहरूले आफ्नो सपना लिएर चीनको क्वाञ्चौ, शाङहाई, यीउमा काम गरिरहेका छन् भने कतिपय चिनियाँ व्यापारीहरू अफ्रिका पुगेर व्यापारिक मौका खोजिरहेका छन्।

सन् २०१५को डिसेम्बरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आफ्नो दोस्रो अफ्रिका भ्रमण गर्नुभयो। दक्षिण अफ्रिकामा आयोजित चीन-अफ्रिका प्रबन्ध तथा उत्पादन उद्योगको प्रदर्शनीमा चीन-अफ्रिका आर्थिक तथा व्यापारिक सहयोगबारे चर्चा गर्दै सीले भन्नुभयोः 'आपसी आर्थिक तथा व्यापारिक सहयोग पहिले नपुगेको स्तरमा पुगिसकेका छौं, प्रशस्त चिनियाँ व्यवसायीहरूले अफ्रिकामा लगानी गरेका छन् र बढी भन्दा बढी अफ्रिकी साथीहरूले चीनमा पुगेर व्यापार गरिरहेका छन्। मैले काम गरेको प्रान्त च च्याङ प्रान्तको एउटा सानो शहर छ त्यसको नाम यी उ हो। हाल आएर हजारौं अफ्रिकी व्यापारीहरूले त्यहाँ स्थायी रूपमा व्यापार गरिरहेका छन्।'

सीले अफ्रिकी मुलुकसँग चीनले हासिल गरेको सफल अनुभव बाँड्दै अफ्रिकाको औद्योगिकीकरणको लागि लगानी, प्रविधि तथा दक्ष व्यक्ति भन्ने समर्थन दिन चीन इच्छुक रहेको प्रकाश पार्नुभयो।

दुवै पक्षको साझा प्रयासमा चीन-अफ्रिकी आर्थिक तथा व्यापारिक सहयोगमा वस्तुगत उपलब्धि हासिल भैसकेको छ। प्राप्त तथ्याङ्क अनुसार, सन् २०१७मा चीन-अफ्रिका व्यापारमा संलग्न रकम १ खरब ७० अरब अमेरिकी डलर पुगेको छ। अफ्रिकामा चीनले गरेको प्रत्यक्ष लगानीको संचितिमा संलग्न रकम १ खरब अमेरिकी डलर पुगेको छ।

1  2  3  
जानकारी तथा लेखहरु