फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका आर्थिक तथा व्यापारिक द्वन्द्वको सामना गर्न चिनियाँ व्यवसाय तत्पर

(GMT+08:00) 2018-08-30 16:28:07

चीनबाट निर्यात स्टिल तथा एल्मुनियम उत्पादित वस्तु तथा ५० अरब अमेरिकी डलर बराबरका चिनियाँ उत्पादित वस्तुमाथि अमेरिकाले थप कर असुल्ने घोषणा सार्वजनिक गरेपछि फेरि २ खरब अमेरिकी डलर बराबरका चिनियाँ उत्पादित वस्तुमाथि कर असुल्ने योजना गरिरहेको छ। यसबारे चर्चा गर्दै हालै केही चिनियाँ विद्वानहरूले चिनियाँ व्यवसायहरूले यसको पूर्ण तयारी गरिसकेको बताएका छन्। साथै चीनले चीन अन्तर्राष्ट्रिय आयात मेला लगायत आफ्नो कामलाई राम्रोसँग गर्दै जाने पनि जनाएको छ। अर्थतन्त्रको बलियोपन, लचिलोपन तथा औद्योगिक प्रणालीको पूर्णता एवम् बजारको ठूलो उपभोग्य क्षमताबाट विश्लेषण गर्दा यस्तो चुनौतीको सामना गर्ने आत्म-विश्वास चीनसँग रहेको चिनियाँ विश्लेषकहरूले औल्याएका छन्।

चीन अन्तर्राष्ट्रिय आर्थिक आदानप्रदान केन्द्रका प्रमुख अर्थविद् छन् वन् लिङ्ले यस पटक कर असुल्ने योजनामा संलग्न उत्पादित वस्तुको नामावलीमा अमेरिकी जनताको दैनिक जीवनमा प्रयुक्त उत्पादित वस्तु लगायत अमेरिकी निर्यात व्यवसायहरूबाट उत्पादित वस्तुले ओगटेको भाग ठूलो भएकोले अमेरिकी उपभोक्ता, उत्पादकको खर्च ठूलो परिमाणमा माथि जाने औंल्याएका छन्।

जानकारी तथा लेखहरु