फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बहुपक्षीय व्यापार प्रणालीको संरक्षणमा अडिग चीन

(GMT+08:00) 2018-08-31 15:46:53

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले ३० तारिख आयोजित पत्रकार सम्मेलनमा पत्रकारद्वारा सोधिएको चीन-अमेरिका व्यापार द्वन्द्व सम्बन्धी प्रश्नको जवाफ दिँदै अमेरिकाले एक पक्षीय रूपमा उठाउन खोजिरहेको व्यापार युद्धलाई चीनले नचाहेको बताउनुभएको छ।

चीन-अमेरिका आर्थिक तथा व्यापारिक सहयोग एक अर्काको पूरक, दुवै पक्षका लागि सुविधाजनक साझा विजयी तथा सहयोग भएको ठहर चीनले लिँदै आएको छ। समान तथा सदिच्छापूर्ण आधारमा वार्ता तथा विमर्शमार्फत नै आपसी आर्थिक तथा व्यापारिक द्वन्द्वको समाधान गर्ने सही उपाय भएको धारणा पनि चीनले व्यक्त गरेको छ। प्रवक्ता काउले चीन र अमेरिका दुवै पक्षले एउटै दिशातिर लम्कँदै आपसी आर्थिक व्यापारिक सम्बन्धको मूल स्थितिको संयुक्त संरक्षण गर्ने आशा चीनले लिएको जनाउनुभएको छ।

जानकारी तथा लेखहरु