फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी तथा सेरा लिओनका राष्ट्रपति बीच भेट-वार्ता

(GMT+08:00) 2018-08-31 15:48:10

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ३० तारिख जनबृहत्त सभाभवनमा सेरा लिओनका राष्ट्रपति माद्दा बिओसँग भेट-वार्ता गर्नुभएको छ।

वार्तामा सीले चीनले अफ्रिकी मुलुकसँगको एकता तथा सहयोगलाई प्रबर्द्धन गर्नुलाई नै वैदेशिक नीतिको महत्वपूर्ण आधार मानेको बताउनुहुँदै सेरा लिओनका जनताको स्वतन्त्र छनौटको आदर गर्ने पनि प्रष्ट्याउनुभएको छ। पूर्वाधार निर्माण, कृषि, चिकित्सा तथा स्वास्थ्य, शिक्षा, सुरक्षात्मक क्षमताको निर्माण लगायतका क्षेत्रहरूमा हुने आपसी सहयोगलाई विस्तार गर्दै बहु क्षेत्रमा एक अर्काको समर्थन दिँदै जाने कुरामा पनि सीले जोड दिनुभएको छ।

सेरा लिओनका राष्ट्रपति बिओले चीनसँग दौत्य सम्बन्ध स्थापना भएको ४७ वर्षमा चीनले सेरा लिओनको आर्थिक तथा सामाजिक विकासमा मूल्यवान सहयोग दिइरहेको र विशेष गरी ईबोला रोग प्रतिरोधको सबैभन्दा अप्ठेरो अवस्थामा चीन सरकार तथा जनताले अरूभन्दा पहिले सहयोग दिएको विर्सन नसक्ने बताउनुभएको छ। चीनसँग बहु क्षेत्रमा हुने सम्पर्कको प्रबर्द्धन गर्दै अफ्रिकी मुलुकको न्यायोचित हक-अधिकारको संरक्षण गर्दै जाने पनि राष्ट्रपति बिओले व्यक्त गर्नुभएको छ।

1  2  
जानकारी तथा लेखहरु