फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पश्चिम तथा पूर्व भाग बीचको विकास अन्तर विस्तार हुने प्रवृत्ति नियन्त्रित

(GMT+08:00) 2018-08-31 15:51:38

बितेका ५ वर्षयता, चीनको पश्चिम तथा पूर्व भागको विकास बीच रहेको अन्तर विस्तार हुने प्रवृत्ति प्रभावकारी रूपमा नियन्त्रण गरिएको छ र साथै भविष्यमा पश्चिमी भागमा विकासको मुख्य क्षेत्र तथा कमजोरी भागको सुधार गर्दै विकासको प्रवृत्तिलाई कायम राख्दै जाने छ। उक्त कुरा चीन राष्ट्रिय विकास तथा सुधार समितिका जिम्मेवार व्यक्तिले ३० तारिख बताउनुभएको छ।

राष्ट्रिय विकास तथा सुधार समितिले सोही दिन सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सन् २०१३-२०१७सम्मको ५ वर्षमा पश्चिमी भागमा ३ करोड ५०लाख गरिबि जनसंख्या गरिबिबाट मुक्त भएका छन्। हालसम्म चीनको पश्चिमी भागमा राष्ट्रिय ऊर्जा कार्यालय, श्रोत उत्पादन कार्यालय, मेशिन तथा प्रबन्ध उत्पादन एवम् रणनैतिक नव उदीयमान व्यवसाय कार्यालय स्थापित भइसकेका छन् र चीनको गार्हस्थ्य अर्थतन्त्रको मुख्य टेवा बनिसकेको छ।

सो जिम्मेवार व्यक्तिले भविष्यमा पश्चिमी भाग र दक्षिण-पूर्वी एशिया, दक्षिण एशिया, पश्चिमी एशिया तथा मध्य पूर्व बीचको आर्थिक आदानप्रदानलाई सबल पार्दै बेल्ट एण्ड रोड निर्माणमा पश्चिमी भागको प्रभावकारी सहभागितालाई बढाइने जानकारी पनि दिनुभएको छ।

जानकारी तथा लेखहरु