फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार तथा खुलापनपछि चीनको वैदेशिक अर्थतन्त्र तथा व्यापारमा फड्को मार्ने गरी विकास

(GMT+08:00) 2018-08-31 15:52:51

चिनियाँ राष्ट्रिय तथ्याङ्क व्यूरोद्वारा ३० तारिख प्रकाशित प्रतिवेदनका अनुसार, सुधार तथा खुलापनपछिको चालीस वर्षमा चीनको वैदेशिक अर्थतन्त्र तथा व्यापारमा फड्को मार्ने गरी विकास भएको छ। साथै खुलापन स्तर चौतर्फी रुपमा उकासिएको छ भने व्यापारको कूल मात्रा तिव्र गतिले विकसित भएको छ।

तथ्याङ्कअनुसार, सन् १९७८ देखि २०१७ सम्म चीनको आयात-निर्यात रकम ३५ अर्ब ५० करोड चिनियाँ युआनबाट २७८ खर्ब चिनियाँसम्म बढेको छ। जसबाट ७ सय ८२ गुणाले वृद्धि भएको छ। त्यसका साथै व्यापारिक ढाँचामा क्रमशः सुधार गर्दै गएको छ। व्यापारिक बजार दिन प्रतिदिन व्यापक हुँदैछ र सन् १९७८ देखि २०१७ सम्म चीनको व्यापारिक साझेदारी लगभग चालीस देशबाट २ सय ३१ देश तथा क्षेत्रसम्म फैलिएको छ।

त्यसबाहेक सुधार तथा खुलापनपछि चीनले प्रयोग गरेको कुल वैदेशिक प्रत्यक्ष लगानी २० खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ।

जानकारी तथा लेखहरु