फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छैठौं चीन-अफ्रिका व्यवसायी बैठक सेप्टेम्बर ३ तारिखदेखि

(GMT+08:00) 2018-08-31 19:22:56

सन् २०१८ चीन र अफ्रिका सहयोग मञ्च अर्थात पैचिङ शिखर सम्मेलन आगामी सेप्टेम्बर ३ तारिखदेखि ४ सम्म पैचिङमा हुने भएको छ। सो अवसरमा चीन र अफ्रिकाका नेतागण तथा उद्योग-वाणिज्य प्रतिनिधिबीच उच्च वार्ता अर्थात् छैठौं चीन-अफ्रिका व्यवसायी बैठकको आयोजना पनि हुनेछ।

सन् २०१८ चीन र अफ्रिका सहयोग मञ्च अर्थात पैचिङ शिखर सम्मेलनको पहिलो पत्रकार सम्मेलन अगस्त ३१ तारिख बिहान पैचिङ अन्तर्राष्ट्रिय होटेलमा आयोजित भएको छ। प्राप्त जानकारीअनुसार, सन् २०१८ चीन र अफ्रिका सहयोग मञ्चकोमुख्य विषयबस्तु "सहयोग र साझा विजयसँगै अझ घनिष्ट चीन-अफ्रिका भाग्य समूदायको निर्माण" भन्ने रहेको छ।

त्यसैले छैठौं चीन-अफ्रिका व्यवसायी बैठकमा औद्योगिकीकरण सहयोगलाई अगाडि बढाएर साझा विजयको विकास गर्नु पहिलो विषयवस्तु त्यसै गरी दोस्रोमा व्यापारिक सहयोगलाई गहन पारेर साझा विकास गर्नु र तेस्रो आधारभूत प्रबन्धको निर्माणसम्बन्धी सहयोगलाई सबल पारेर दिगो विकासलाई बढाउनु भन्ने तीनवटा मुख्य विषयवस्तु रहेका छन्। उक्त बैठक अन्तर्राष्ट्रिय व्यापार प्रबर्द्धनका लागि चीन परिषद् र वाणिज्य मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना गरिनेछ।

अन्तर्राष्ट्रिय व्यापार प्रबर्द्धनका लागि चीन परिषद्का प्रमुख च्याङ वै चेङले कुल २०८८ जना प्रतिनिधिहरु उक्त बैठकमा सहभागी हुने जानकारी दिनुभएको छ। साथै तीसभन्दा बढी अफ्रिकी मुलुकका नेताहरू बैठकको उद्धाटन समारोहमा उपस्थित हुने जनाइएको छ।

 

चीन-अफ्रिका व्यवसायी बैठक सन् २००३ देखि सुरु भएको हो र हरेक तीन वर्षमा आयोजना गरिन्छ।

जानकारी तथा लेखहरु