फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी तथा सोमालिया, बोट्स्वाना, केमरून, नाइजर, दक्षिण सुडान तथा मालीका राष्ट्रपतिहरू बीच बेग्ला बेग्लै भेट-वार्ता

(GMT+08:00) 2018-08-31 19:23:58

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ३१ तारिख जनबृहत्त सभाभवनमा सोमालिया, बोट्स्वाना, केमरून, नाइजेरिया, दक्षिण सुडान तथा मालीका राष्ट्रपतिहरूसँग बेग्ला बेग्लै रूपमा भेट-वार्ता गर्नुभएको छ।

सोमालिया जनगणतन्त्र चीनसँग दौत्य सम्बन्ध स्थापित पहिलो पूर्वी अफ्रिकी मुलुक हो। सोमालियाका राष्ट्रपति मोहमद फार्रमाजोसँगको वार्तामा सीले सोमालियाको शान्ति पुनर्निर्माण प्रक्रियामा नयाँ प्रगति हासिल गरेकोमा बधाइ व्यक्त गर्नुभएको छ। बेल्ट एण्ड रोड अवधारणा, चीन-अफ्रिका सहयोग मञ्च तथा चीन-अरबेली संघ सहयोग मञ्चको प्रारूपमा हुने सहयोगको दुवै पक्षले प्रबर्द्धन गर्नुपर्ने विचार पनि सीले प्रकट गर्नुभएको छ भने सोमालियाका राष्ट्रपति मोहमदले चीनले लामो समयदेखि दिँदै आएको सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको छ। साथै राष्ट्रपति मोहमदले बेल्ट एण्ड रोडको निर्माणमा सक्रियताका साथ भाग लिँदै चीन-अफ्रिका संयुक्त भाग्य समुदायको संयुक्त निर्माण गर्ने आशा व्यक्त गर्नुभएको छ।

त्यसै गरी राष्ट्राध्यक्ष सीले बोट्स्वानाका राष्ट्रपति मसीसीसँग पनि भेट-वार्ता गर्नुभएको छ। सो वार्तामा दुई देशका राष्ट्रनायकहरूले द्विपक्षीय सम्बन्धलाई नयाँ स्तरमा पुर्याउने सहमति जनाउनुभएको छ।

केमरूनका राष्ट्रपति पोल बियासँगको वार्तामा राष्ट्राध्यक्ष सीले केमरूनले गरेको शान्ति संरक्षण तथा स्थिर निर्माणको समर्थन गरेको बताउनुभएको छ। बेल्ट एण्ड रोड संयुक्त निर्माण तथा चीन-अफ्रिका सहयोग मञ्चको प्रारूपमा पूर्वाधार निर्माणमा भएको सहयोगलाई सबल पार्दै केमरूनको औद्योगिकिकरण तथा आधुनिकिकरणको क्रममा सहयोग गर्ने वचन सीले दिनुभएको छ। वार्तामा केमरूनका राष्ट्रपति पोलले चीनसँगको चौतर्फी रणनैतिक सहयोगात्मक साझेदार सम्बन्धलाई अघि बढाउने इच्छा व्यक्त गर्नुभएको छ।

यसका अतिरिक्त, राष्ट्राध्यक्ष सीले दक्षिण सुडान, नाइजर तथा मालीका राष्ट्रपतिसँग पनि बेग्ला बेग्लै रूपमा भेट-वार्ता गर्नुभएको छ।

जानकारी तथा लेखहरु