फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकाका राष्ट्रपति सिरिसेनाद्वारा लुम्बिनी भ्रमण

(GMT+08:00) 2018-09-01 14:52:31

नेपाल भ्रमणमा रहनु भएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज शनिबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नु भएको छ। उहाँ आज बिहान साढे ९ बजे काठमाडौंबाट चार्टर विमानमा गौतमबुद्ध विमानस्थल भैरहवाबाट गाडीमा लुम्बिनी जानु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

यसअघि हेलिकोप्टरमार्फत लुम्बिनी जाने तयारी भए पनि उहाँ भैरहवाबाट गाडीमै जानु भएको हो। राष्ट्रपति सिरिसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गर्नु भएको छ।

उहाँले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजा अर्चना गर्नु भएको छ। मायादेवी मन्दिर पछि लुम्बनीमै रहेको श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बामा जानु भएको छ। श्रीलंकाद्वारा बनाइएको त्रिग्रिम गेस्टहाउका बारेमा जानकारी लिनु भएको छ। लुम्बिनी विकास कोषले सिरिसेनालाई लुम्बिनीको गुरुयोजना बारे जानकारी गराएको कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताउनुभयो।

विमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउनु भएका सिरिसेना लुम्बिनी आएपछि लुम्बिनी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि सुरक्षा निकायका ४ वटै अंग परिचालन भएका छन्। बिहान साढे ८ बजेदेखि नै भैरहवा–लुम्बिनी सडक खण्डमा सर्वसाधरणलाई निषेध गरिएको छ।

सुरक्षाका लागि लुम्बिनीमा सर्वसाधारण तथा अन्य पर्यटकलाई निषेध गरिएको छ। लुम्बिनीस्थित मायादेवी मन्दिर राष्ट्रिय झण्डा र बौद्ध पतकाले झकिझकाउ पारिएको छ। राष्ट्रपति सिरिसेना आजै काठमाडौं फर्कनु भएको छ।

 

जानकारी तथा लेखहरु