फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवागढी राजमार्ग अवरुद्ध हुँदा भन्सार राजस्व न्यून

(GMT+08:00) 2018-09-01 14:54:06

नेपाल र चीनबीचको सडक गल्छी–धुञ्चे–रसुवागढी राजमार्गअन्तर्गत धुञ्चे नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ। यही भदौ १ गते धुञ्चे नजिक दुई ठाउँमा पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो। तीमध्ये धुञ्चेतर्फको पहिरोमा नयाँ मार्ग बनाई यातायात सञ्चालन गरिएको छ भने त्रिशूली नदीपारितर्फको पहिरोमा नयाँ मार्ग बनाउने कार्य हिजो शुक्रबार अपराह्नदेखि शुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख नीरज शाक्यले जानकारी दिनु भएको राष्ट्रिय समाचार समाचार समितिले लेखेको छ।

उहाँका अनुसार नदीपारितर्फ पहिरो खसेको ठाउँमा कडा चट्टान भएकाले सडक कार्यालय र नेपाली सेनाको कालिप्रसाद इञ्जिनियरिङ गणका प्राविधिकले विष्फोटन गराई चट्टानलाई पन्छाएर सडक खोल्ने गरी काम अगाडि बढाइएको छ। अबको १० दिनभित्र सडक सञ्चालन गर्ने गरी काम अघि बढाएको प्रमुख शाक्यले बताउनुभयो।

उक्त राजमार्ग बन्द हुँदा भन्सार शुल्क शून्यमा झरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। नेपाल–चीनबीचको व्यापारिक नाका रसुवागढी राजमार्ग अवरुद्धल हुँदा यस क्षेत्रका व्यापार प्रायः शुन्य भएको व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमिल्सिनाले बताउनुभयो।

 

जानकारी तथा लेखहरु