फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुवान्डाका राष्ट्रपतिद्वारा चीन र अफ्रिका सहयोग मञ्चको प्रशंसा

(GMT+08:00) 2018-09-01 15:57:56
यही सेप्टेम्बर तीन तारिखदेखि चार तारिखसम्म चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलन 2018 को आयोजना हुने भएको छ। अफ्रिक संघका वर्तमान अध्यक्ष एवं रुवान्डाका राष्ट्रपति पाउल कागेमले केही दिनअघि चिनियाँ सञ्चार-माध्यमसँग अन्तर्वार्ता दिँदै चीन-अफ्रिका सहयोग मञ्चले चीन र अफ्रिकाबीचको सहयोगमा महत्वपूर्ण भूमिका नि‍र्वाह गरिरहेको कुरा बताउनुभएको छ।

कागेमले चीन-अफ्रिका सहयोग मञ्च प्रणालीको सक्रियताका साथ मूल्यांकन गर्नुभयो। उहाँले यसलाई राम्रो मञ्च भन्दै यसले विभिन्न सदस्य मुलुकका लागि सहयोगबारे छलफल गर्ने चौतारो उपलब्ध गराएको कुरा बताउनुभयो। उहाँले चीनले अफ्रिकी मुलुकहरूको विकास तथा प्रगतिमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको, चीन-अफ्रिका सहयोग मञ्च अफ्रिकाको हितसित अनुकूल भएको र चीनको हितसित अनुकूल भएको सहयोग भएको कुरा बताउनुभयो।

"बेल्ट एण्ड रोड" प्रस्ताले अफ्रिका, एशिया, यूरोपलगायतको संसारका लागि विकास मौका ल्याएको, हाल चीन अफ्रिकाको आधारभूत प्रबन्ध खास गरी रेलमार्ग, द्रुत गतिको राजमार्ग, विजुलीलगायतका परियोजनाहरूको निर्माणमा सक्रियताका साथ संलग्न भैरहेको बताउँदै रुवान्डा पनि यसबाट लाभान्वित हुने कुरा कागेमले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु