फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस, टर्की, इरान सिरिया समस्याबारे शिखर सम्मेलनको तयारीमा

(GMT+08:00) 2018-09-01 15:58:50

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दमित्री पेस्कोभले हिजो गत अगष्ट 31 तारिख रुस, टर्की र इरानले सेप्टेम्बर 7 तारिख इरानको राजधानी तेहरानमा सिरिया समस्यासम्बन्धी शिखर सम्मेलनको आयोजना गर्ने कुरा बताउनुभएको छ।

रुसी समाचार एजेन्सी तासले पेस्कोभलाई उद्धृत गर्दै समाचार संप्रेषण गरेअनुसार, रुसले तेहरानमा शिखर सम्मेलनको आयोजना गर्ने सम्बन्धमा इरानबाट सूचना पाएको र रुसले यसबारे तयार गर्दैआएको छ।

पेस्कोभले तीन मुलुकका राष्ट्रपतिहरूले उक्त शिखर सम्मेलनमा भाग लिनुहुने, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा टर्कीका राष्ट्रपति रिसेप टायप एर्डोगानले एकल भेटघाट गर्नुहुने र उहाँहरूले नियमित समस्याहरूबारे छलफल गर्नुहुने कुरा बताउनुभयो।

रुस, टर्की, इरानले गत वर्षको नोभेम्बरमा रुसको सोचीमा सिरिया समस्यासम्बन्धी पहिलो शिखर सम्मेलनको आयोजना गरेका थिए। चालू वर्षको अप्रिलमा तीन मुलुकले टर्कीको अंकारामा सिरिया समस्यासम्बन्धी शिखर सम्मेलन पुन आयोजना गरेका थिए।

जानकारी तथा लेखहरु