फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी निर्णय दुःखद रहेको राष्ट्रसंघका महासचिवको गुटरेसको भनाइ

(GMT+08:00) 2018-09-01 16:46:50

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले हिजो अगष्ट 31 तारिख एउटा वक्तव्य प्रकाशित गर्दै अमेरिकाले संयुक्त राष्ट्र संघीय नजिक पूर्वी प्यालेष्टाइनी शरणार्थी तथा परियोजना कार्यालयलाई रकम उपलब्ध नगराउने निर्णय गरेकोमा दुःख व्यक्त गर्नुभएको छ।

गुटरेसले संयुक्त राष्ट्र संघीय नजिक पूर्वी प्यालेष्टाइनी शरणार्थी तथा परियोजना कार्यालय प्यालेष्टाइनी शरणार्थीका लागि आधारभूत सेवा उपलब्ध गराउने र क्षेत्रीय स्थिरतालाई बढाउने महत्वपूर्ण संस्था हो भन्दै यो कार्यालयले कठिन अवस्थामा शरणार्थीलाई उच्च गुणस्तरको शिक्षा, सेवा र अरु आधारभूत सेवा उपलबध गर्दै आएको उल्लेख गर्नु भएको छ।

संयुक्त राष्ट्र संघीय नजिक पूर्वी प्यालेष्टाइनी शरणार्थी तथा परियोजना कार्यालयलाई प्यालेष्टाइनी शरणार्थीका लागि निरन्तर "महत्वपूर्ण सहयोग" अगाडि बढाउनका लागि गुटरेसले अरु मुलुकहरूसँग अपुग रकम उपलब्ध गराउन आव्हान पनि गर्नु भएको छ।

जानकारी तथा लेखहरु