फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्षसँग विभिन्न अफ्रिकी मुलुकका राष्ट्रपतिद्वारा भेटवार्ता

(GMT+08:00) 2018-09-01 16:48:06
चीनका राष्ट्राध्यक्ष सी चिन फिङसँग सेशेल्स, बेनिन, गिनी र लाइबेरियाका राष्ट्रपतिहरुले छुट्टा-छुट्टै भेट वार्ता गर्नु भएको छ। भेटवार्ता बेइजिङस्थित जन वृहत सभा भवनमा भएको हो।

सेशेल्सका राष्ट्रपति डान्नी फाउरेसँग भेट-वार्ता गर्दै राष्ट्राध्यक्ष सीले दुई देशको परम्परागत मित्रता गहिरो हुनुका साथै सदिच्छापूर्ण, मैत्रीपूर्ण र सहअस्तित्वमा रहेको बताउँदै एकता, सहयोग तथा साझा विकास भइरहेका बताउनुभयो। चीनले सेशेल्ससँग घनिष्ट आदान-प्रदानलाई कायम राखेर आपसी राजनीतिक विश्वासलाई सबल पार्नुका साथै विभिन्न क्षेत्रको सहयोगलाई सबल बनाउने इच्छा लिएको राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो। टापु देशको हैसियतमा सेशेल्सका सामु देखा परेको बहुक्षेत्रीय चुनौतीबारे चीनले बुझेर सेशेल्ससँग जलवायु परिवर्तनसम्बन्धी दक्षिण-दक्षिण सहयोगलाई सबल पार्ने इच्छा उहाँले औँल्याउनुभयो।

प्रत्युत्तरमा राष्ट्रपति फाउरेले दुई देशबीचको परम्परागत मित्रता र सम्बन्ध दिनप्रतिदिन सुदृढ हुँदैआएको कुरा बताउनुभयो। सेशेल्सले चीनलाई महत्वपूर्ण सहयोगात्मक साझेदारी मानेको भन्दै चीनबाट प्राप्त सहयोगप्रति धन्यवाद दिनुका साथै "बेल्ट एण्ड रोड"को साझा निर्माणमार्फत अझ बढी द्बीपक्षीय सहयोग गर्ने र अन्तर्राष्ट्रिय मामिलामा आपसी समर्थन गर्ने इच्छा लिएको उहाँले बताउनुभयो।

बेनिनका राष्ट्रपति पाट्रिस टालोनसँग भेट-वार्ता गर्दै २१ औँ शताब्दी एशियाको शताब्दी हुनुका साथै अफ्रिकाको शताब्दी पनि रहेको राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभयो। अफ्रिकासँग ठूलो निहित शक्ति भएको विश्वास व्यक्त गर्दै चीन र अफ्रिका राम्रा दाजु-भाइ, साथी र साझेदारी रहेको सीले औँल्याउनुभयो। अफ्रिकी जनताले चिनियाँ जनतालाई दिएको गहिरो मित्रता र समर्थनबारे चीनले विर्सन नसक्ने र चीनले अफ्रिकी मुलुकहरुसँग अझ दृढताका साथ आपसी समर्थन र सहयोग गर्नुका साथै साझा विकास गरी अझ घनिष्ट भाग्य समूदायको निर्माण गर्ने कुरा उहाँले औँल्याउनुभयो। चीनले बेनिनसँग देशको शासन अनुभवबारे वैचारिक आदान-प्रदान गर्नुका साथै "बेल्ट एण्ड रोड"को साझा निर्माण गर्ने इच्छा लिएको छ।

बेनिनका राष्ट्रपति पाट्रिसका अनुसार, बेनिनलगायत अफ्रिकी मुलुकहरुले महनत र सुधारद्बारा देशको शासन क्षमतालाई उकासेर दीर्घकालीन विकास गर्नुका साथै आफ्ना जीवनको सुधार गर्न खोजिरहेका छन्। चिनियाँ जनताले राष्ट्राध्यक्ष सीको नेतृत्वमा जातीय पुनःरुत्थानको लक्ष्यतिर अगाडि विकास गरिएको उल्लेख गर्दै चीनको सफल अनुभव र समर्थन तथा सहयोग अफ्रिकाका लागि महत्वपूर्ण रहेको उहाँले औँल्याउनुभयो। बेनिनले चीनसँगको आदान-प्रदानलाई सबल पार्ने इच्छा लिएको पनि उहाँले प्रकट गर्नुभयो।

गिनीका राष्ट्रपति अल्फा कोन्डेसँग भेट-घाट गर्दै सहारा मरुभूतिबाट दक्षिणतिर अफ्रिकी मुलुकहरुमध्ये गिनी नयाँ चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने पहिलो देश हो भनेर चीन सरकार र जनताले त्यसप्रति विर्सन नसक्ने कुरा राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो। केही वर्षयता दुई देशबीच चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध तीव्र गतिले विकसित हुँदै पनि उहाँले उल्लेख गर्नुभयो। चीनले दुई देशबीचको परम्परागत मित्रतामाथि महत्व दिएर नयाँ कालमा गिनीसँगसँगै "बेल्ट एण्ड रोड"को साझा निर्माण गर्ने इच्छा लिएको छ। दुइ पक्षले बहुपक्षीय व्यापारिक प्रणालीको संरक्षण, अफ्रिकाको शान्ति तथा सुरक्षा आदि विषयबारे घनिष्ट वैचारिक आदान-प्रदान र समन्वय गरेर दुइ देश र विकासोन्मुख मुलुकको साझा फाइदाको सुरक्षा गर्नुपर्छ।

प्रत्युत्तरमा गिनीका राष्ट्रपति आल्फा कोन्डेले आगामी वर्ष दुई देशबीच दौत्य सम्बन्ध स्थापनादेखि ६०औँ वार्षिकोत्सव रहेको भन्दै गिनीले "बेल्ट एण्ड रोड"को निर्माणमाथि महत्व दिएर उर्जा तथा दूरसंचारको सम्पर्कलाई अगाडि बढाएर अफ्रिकाको औद्योगिककरण प्रक्रियाका लागि सहयोग गर्ने प्रतिक्षामा रहेको बताउनुभयो। अफ्रिकी मुलुकहरुले अन्तर्राष्ट्रिय सम्बन्धमा चीनद्बारा प्रस्तुत महत्वपूर्ण विचार र खेलिएको नेतृत्वदायी भूमिकामाथि उच्च मूल्याङ्कन गरेको पनि उहाँले बताउनुभयो। चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलन सफल हुनुका साथै अफ्रिका र चीनबीचको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

लिबियाका राष्ट्रपति गर्ज वेअहसँग वार्ता गर्दै दुई देशको मित्रता दुइ देश र जनताको मूल फाइदासँग मिलेको राष्ट्राध्यक्ष सीले बताउनुभयो। एक चीनको नीतिमा राष्ट्रपति र लिवियाको नयाँ सरकारको सुदृढ तथा स्पष्ट अडानमाथि चीनले प्रशंसा गरेको छ। चीनले लिवियासँग विविध तहको आदान-प्रदानलाई घनिष्ट पार्नुका साथै विभिन्न क्षेत्रको सहयोगलाई सबल पारी आपसी केन्द्रीय फाइदा तथा मुख्य चिन्तासित सम्बन्धित विषयबारे निरन्तर रुपमा बुझ्ने र समर्थन गर्ने इच्छा लिएको उहाँले औँल्याउनुभयो।

लिवियाले सुदृढताका साथ एक चीनको नीति लागू गर्नुका साथै इबोला रोगको विरोधलगायत क्षेत्रमा चीनको सहयोगप्रति धन्यवाद ज्ञापन गरेको राष्ट्रपति गर्जले व्यक्त गर्नुभयो। लिवियाले "बेल्ट एण्ड रोड" सहयोगलाई समर्थन दिनुका साथै भाग लिने इच्छा लिएको पनि उहाँले उल्लेख गर्नुभयो।

मलावीका राष्ट्रपति पिटर मुथारिकासँग वार्ता गर्दै दुई देशबीचको दौत्य सम्बन्ध स्थापनादेखि ११ वर्षमा विभिन्न क्षेत्रको सहयोगले जनतालाई वास्तविक फाइदा पुर्‍याएको कुरा राष्ट्राध्यक्ष सीले औल्याउनुभयो। जसले दौत्य सम्बन्धको स्थापनाको रणनैतिक निर्णय भएको पुष्टि गरेको उहाँले बताउनुभयो।

राष्ट्रपति पेटरले ११ वर्षयता दुइ देशबीच फलदायी र हितकर सहयोगी सम्बन्ध स्थापना भएको बताउनुभयो। मलावीले अझ सुदृढताका साथ एक चीनको नीतिको समर्थन गर्ने र चीनसँगका विभिन्न व्यावहारिक सहयोगलाई गहन पार्ने उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु