फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र घानाका राष्ट्रपतिबीच भेटवार्ता

(GMT+08:00) 2018-09-01 16:58:30

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज सेप्टेम्बर एक तारिख पैचिङमा चीनको राजकीय भ्रमणमा रहनुभएका घानाका राष्ट्रपति नाना अकुफो अड्डोसँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा राष्ट्राध्यक्ष सीले चीन र घानाबीचको सम्बन्धले चीन र अफ्रिकाको सम्बन्धको विकासको इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, दुई पक्षीय चीनघानाको परम्परागत मित्रतालाई निरन्तर रुपमा घनिष्ठ पार्दै आएको र चीनघाना सम्बन्धको नयाँ जीवन्त शक्ति निरन्तर रुपमा थप्दै आएको बताउनुभएको छ।

सोही दिन मध्यान्ह राष्ट्राध्यक्ष सीले जन वृहत सभा भवनमा घानाका राष्ट्रपति अड्डोलाई चीनको राजकीय भ्रमणमा स्वागत गर्दै चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलनमा भाग आउनु भएकोमा धन्यवाद प्रकट गर्नुभयो।

चीनले घानालाई "बेल्ट एण्ड रोड" निर्माण र एशियाली पूर्वाधार लगानी बैंकमा सहभागी हुन आग्रह गर्दै घानासँग विभिन्न क्षेत्रको सहयोगलाई विस्तार गर्ने, जनस्तरको आदान-प्रदान बढाउने र दुई मुलुक तथा विकासोन्मुख मुलुकहरूको साझा हितको संरक्षण गर्ने आशा लिएको कुरा राष्ट्राध्यक्ष सीले बताउनुभयो।

प्रत्युत्तरमा राष्ट्रतपि अड्डोले राष्ट्रपतिको पद सम्हाल्नुभएयता आफूले पहिलोपटक चीनको भ्रमण गरेको भन्दै "बेल्ट एण्ड रोड" निर्माणमा सहभागी हुन घाना इच्छुक रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु