फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फ्रान्सका विदेश मन्त्रीद्वारा चीनसँग बहुपक्षीयतावाद पुनःस्थापना गर्ने विचार व्यक्त

(GMT+08:00) 2018-09-02 16:59:24

फ्रान्सका विदेश मन्त्री जेन यवेभ ले ड्रियनले गत अगष्ट 31 तारिख फ्रान्सले चीनसँग मिलेर बहुपक्षीयतावादको पुनःस्थापना गर्ने आशा लिएको कुरा बताउनुभएको छ।

मन्त्री जेनले सोही दिन पश्चिमी फ्रान्सको पोइटिएरमा आयोजित "चीन र एशिया"नामक गोष्ठीमा सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। सो अवसरमा उहाँले चीन बहुपक्षीयतावादको पुनःस्थापना गर्ने आशा लिएको अन्तर्राष्ट्रिय समाजमध्येको एक हो भन्ने ठहर फ्रान्सले लिएको कुरा बताउनुभयो। चीन एशियामा फ्रान्सको महत्वपूर्ण वार्ता साझेदार भएको मात्र नभई विश्वमा महत्वपूर्ण वार्ता साझेदार हो भन्दै जलवायु परिवर्तन, विश्व व्यापार संगठनको सुधारलगायतका समस्याहरूमा चीनले ठूलो भूमिका निर्वाह गरेको कुरा बताउनुभयो। यसका साथै उहाँले फ्रान्स र चीनबीचको आर्थिक तथा व्यापारिक सहयोग घनिष्ठ भएको, चीनले बजारलाई खुला गर्ने, फ्रान्सलाई थप लगानी लगाउने आशा फ्रान्सले लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु