फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अफ्रिका विकास कोषमा दश अर्ब अमेरिकी डलर

(GMT+08:00) 2018-09-02 17:00:15

सिन्व्हा समाचार समितिका पत्रकारले चीन-अफ्रिका विकास कोषलाई उद्धृत गर्दै चीन-अफ्रिका विकास कोषको परिमाण दश अर्ब अमेरिकी डलर पुगेको समाचार संप्रेषण गरेका छन्।

हालसम्म चीन-अफ्रिका विकास कोषले अफ्रिकाका 36 वटा मुलुकका 90 वटा परियोजनालाई 4 अर्ब 60 करोड अमेरिकी डलर लगानी गर्ने निर्णय गरेको छ। लगानीमा आधारभूत प्रबन्ध, प्रबन्ध, कृषि तथा सर्वसाधारणको जीवन, ऊर्जा स्रोतको विकासलगायतका क्षेत्रहरु समावेश छन्।

ती परियोजनाहरू लागू भएपछि चिनियाँ उद्योग-व्यवसायहरूले अफ्रिकालाई 23 अर्ब अमेरिकी डलरको लगानी गर्ने, अफ्रिकाको निर्यात 5 अर्ब 80 करोड अमेरिकी डलर बढ्ने र 87 लाख अफ्रिकी नागरिकले ती परियोजनाहरूबाट लाभ प्राप्त गर्नेछन्।

जानकारी तथा लेखहरु