फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रध्यक्ष सीद्वारा विभिन्न अफ्रिकी मुलुकका राष्ट्रनायकसँग भेटवार्ता

(GMT+08:00) 2018-09-02 17:01:12
चीनका राष्ट्रध्यक्ष सी चिन फिङले हिजो सेप्टेम्बर १ तारिख बेइजिङस्थित जन वृहत सभा भवनमा कोमोरोस, सुडान, नामिबिया र मोरिससका राष्ट्रपतिसँग भेट-वार्ता गर्नुभएको छ।

कोमोरोसका राष्ट्रपति अजाली असोउमनीसँग वार्ता गर्दै चीन कोमारोसँग दौत्य सम्बन्ध स्थापना गर्ने पहिलो देश रहेको राष्ट्राध्यक्ष सीले बताउनुभयो। दौत्य सम्बन्ध स्थापनादेखि दुइ देशको सम्बन्ध द्रुत गतिमा विकसित हुँदैआएर ठूलो तथा सानो देशबीच समान सह-अस्तित्व, एकीकृत र सहयोग हुने नमूना स्थापित भएको उहाँले बताउनुभयो। चीनले कोमारोससँगसँगै विभिन्न क्षेत्रमा मैत्रीपूर्ण सहयोगलाई सबल पारेर द्बीपक्षीय सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउने इच्छा लिएको छ।

प्रत्युत्तरमा राष्ट्रपति अजालीले दीर्घकालमा चीनले आर्थिक विकास तथा जनताको जीवनमा व्यावहारिक सहयोग दिएको बताउनुभयो। त्यसप्रति कोमारोसका जनताले हार्दिक धन्यवाद ज्ञापन गरेको कुरा पन उहाँले उल्लेख गर्नुभयो। कोमारोसले एक चीन नीति सुदृढ रुपमा लागू गरेको र राष्ट्राध्यक्ष सीद्बारा प्रस्तुत "बेल्ट एण्ड रोड"प्रस्तावको प्रशंसा गरेको उहाँले बताउनुभयो।

सुडानका राष्ट्रपति ओमार अल बासिरसँग भेटवार्ता गर्दै सुडान अफ्रिका र अरब जगतमा महत्वपूर्ण देश हो भन्ने कुरा राष्ट्राध्यक्ष सीले बताउनुभयो। राष्ट्रिय सार्वभौमिक्ता, सुरक्षा तथा स्थिरताको रक्षा गर्न सुडानको प्रयासलाई चीनले सुदृढताका साथ समर्थन गर्नुका साथै सुडानको आन्तरिक मामिलामा बाहिरी शक्तिले गरेको हस्तक्षेपको विरोध गरेको राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो। चीन र सुडानबीच व्यावहारिक सहयोग दक्षिण-दक्षिण सहयोगमा नमूना भएको पनि उहाँले स्पष्ट पार्नुभयो।

विकासमा चीनको उपलब्धि र अन्तर्राष्ट्रिय जगतमा महत्वपूर्ण भूमिकामाथि उच्च मूल्याङ्कन गर्दै सूडानलाई दिएको सुदृढ समर्थनका लागि ससडानका राष्ट्रपति ओमारले आभार प्रकट गर्नुभयो।

नामिबियाका राष्ट्रपति हेज गटफ्रेड गइङगबले गत मार्चमा चीनको भ्रमण गर्दा आफूसँग भेट गरी दुई देशको सम्बन्धलाई उकासेर चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध विकास गरेको राष्ट्राध्यक्ष सीले बताउनुभयो। दुइ पक्षबाट प्राप्त सबै सहमति क्रमशः व्यवहारमा उतार्ने काम भइरहेकामा राष्ट्राध्यक्षसीले खुशी व्यक्त गर्नुभयो।

नामिबियाले एक चीनको नीतिको सुदृढ लागू गर्नुका साथै "बेल्ट एण्ड रोड"प्रस्तावमाथि सक्रिय मूल्याङ्कन गरेको राष्ट्रपति हेजले स्पष्ट पार्नुभयो। यो प्रस्ताव एशिया, अफ्रिका र यूरोपआदि क्षेत्रबीचको सम्पर्क र अफ्रिकाको औद्योगिकीकरणका लागि सहयोगी हुने विचार उहाँले व्यक्त गर्नुभयो।

मौरिससका राष्ट्रपति प्रविन्द जुगनाउथसँग भेटवार्ता गर्दै राष्ट्राध्यक्ष सीले एक महिनाअघि त्यहाँको भ्रमण गरेको समझना गर्नुभयो। दुइ पक्षले आदान-प्रदानलाई गहन पार्नुका साथै आपसी केन्द्रीय फाइदा र अभिरुचि मामिलामा निरन्तर समझदारी र समर्थन गर्नुपर्ने कुरा राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो।

राष्ट्राध्यक्ष सीको भ्रमणले दुइ देशको सम्बन्धको विकासमा नयाँ बलियो शक्ति थपेको राष्ट्रपति प्रविन्दले बताउनुभयो। मौरिससले चीनबाट विकासको अनुभव लिनुका साथै चीनसँगको सहयोगलाई सबल पार्ने आशा उहाँले व्यक्त गर्नुभयो।

चीन र इक्वेटियर नयाँ गिनी भरपर्दो साझेदारी र दाजु-भाइ भएको कुरा राष्ट्राध्यक्ष सीले राष्ट्रपति टेओडोरो ओबिआङसँग वार्ता गर्दै बताउनुभयो। दुइ पक्षले निरन्तर रुपमा देशको शासन तथा सत्तारुढ पार्टीको निर्माणबारे अनुभवको आदान-प्रदान गर्नुका साथै महत्वपूर्रण मामिलामा आपसी समर्थन गर्नुपर्ने विचार राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

राष्ट्रपति टेओडोरोले अन्तर्राष्ट्रिय जगतमा चीन महत्वपूर्ण सकारात्मक शक्ति भएको मूल्याङ्कन राख्नुभयो।

जानकारी तथा लेखहरु