फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र इजिप्टका राष्ट्रनायकहरूबीच भेटवार्ता

(GMT+08:00) 2018-09-02 17:02:10

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो सेप्टेम्बर एक तारिख पैचिङमा इजिप्टका राष्ट्रपति अब्डेल फाताह अल सिसीसँग भेटवार्ता गर्नुभएको छ। उहाँहरूले दुई मुलुकको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ युगमा अझै ठूलो विकास गर्ने कुरामा सहमति गर्नुभएको छ।

इजिप्ट सरकारले स्थिरताको संरक्षण गर्न, आर्थिक विकास गर्न, सर्वसाधारणको जीवन सुधार गर्न गरेको प्रयासलाई चीनले समर्थन दिएको, इजिप्टलाई राष्ट्रिय अवस्थासित अनुकूल हुने बाटो हिँड्न समर्थन दिएको र इजिप्टलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा ठूलो भूमिका निर्वाह गर्न समर्थन दिएको कुरा राष्ट्राध्यक्ष सीले बताउनुभयो।

राष्ट्रपति सिसीले चीनसँगको विभिन्न क्षेत्रको सहयोगलाई प्राथमिकता राखेको कुरा बताउँदै इजिप्टले मध्यपूर्व समस्यामा चीनको न्यायोचित अडानको सक्रियताका साथ मूल्याङ्कन गरेको र चीनसँग बहु क्षेत्रीय सहयोगलाई अगाडि बढाउने आशा लिएको कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु