फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआईले चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलन2018को उदघाटन समारोहको प्रत्यक्ष प्रसारण गर्ने

(GMT+08:00) 2018-09-02 17:03:26

चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलन 2018 सेप्टेम्बर तीन तारिखदेखि चार तारिखसम्म आयोजना हुने भएको छ। पैचिङ शिखर सम्मेलनको मुख्य विषय "सहयोग र साझा विजयी, अझै घनिष्ठ चीन-अफ्रिका भाग्य समुदायको सिर्जना" भन्ने रहेको छ।

सेप्टेम्बर तीन तारिख पैचिङ शिखर सम्मेलनको उदघाटन समारोह जन वृहत सभा भवनमा आयोजना हुने छ। सो समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सम्बोधन गर्नुहुने छ। उहाँले चीन-अफ्रिका भाग्य समुदायको ठोस योजना प्रस्तुत गर्नुहुने, चीन र अफ्रिकाको सहयोगलाई बढाउनका लागि भविश्यमा चीनको प्रस्ताव र कदमको घोषणा गर्नुहुने छ।

त्यस अवधिमा सीआरआईले अंग्रेजी भाषा, अरबेली भाषा र फ्रान्सेली भाषाबाट उदघाटन समारोहको प्रत्यक्ष प्रसारण गर्ने छ। त्यसैगरी सीआरआई अन्य चालीस भाषाद्वारा वेभसाइट, फेसवुकलगायतका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने छ।

जानकारी तथा लेखहरु