फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा चीन –अफ्रिका सहयोग मञ्चअन्तर्गत सातौं मन्त्रीस्तरीय बैठक

(GMT+08:00) 2018-09-02 18:44:14
चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत सातौं मन्त्रीस्तरीय बैठक आज सेप्टेम्बर २ तारिख पैचिङमा आयोजित भएको छ। चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्रमन्त्री वाङ्ग यी, वाणिज्य मन्त्री चुङ्ग शान र दक्षिण अफ्रिकी विदेशमन्त्री लिन्डिवे सिसुलु र व्यापार तथा उद्योग मन्त्री रोबेर्ट ह्यड्न डभिसले संयुक्त रुपमा बैठकको अध्यक्षता गर्नुभयो। चीन-अफ्रिका सहयोग मञ्चका ५३ अफ्रिकी सदस्य मुलुकका विदेशमन्त्री, वैदेशिक अर्थतन्त्र तथा व्यापार मामिलाको जिम्मेवार व्यक्ति तथा प्रतिनिधिहरु र अफ्रिक संघ समितिका उच्चस्तरीय प्रतिनिधिहरु उक्त बैठकमा सहभागी भएका छन्।

चिनियाँ परराष्ट्रमन्त्री मन्त्री वाङ्ग यी र चुङ्ग शानले बैठकसमक्ष चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत जोहानसबर्ग शिखर सम्मेलन अर्थात छैटौं मन्त्रीस्तरीय बैठकपछिका गतिविधिको कार्यान्वयन अवस्थाबारे जानकारी दिनुभयो।

परराष्ट्रमन्त्री वाङ्गका अनुसार, पैचिङ शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले चीन सरकारको प्रतिनिधित्वमा चीन-अफ्रिका भाग्य समूदायको निर्माण गर्ने ठोस परियोजनाको प्रस्तुत गर्नुका साथै दुइ पक्षबीच सहयोगलाई सबल पार्न चीनको प्रस्ताव र कदमको सार्वजनिक गर्नुहुनेछ।

चीन अफ्रिकाको सबैभन्दा विश्वासिलो तथा भरपर्दो सहयोगात्मक साझेदारी भएको मन्त्री सिसुलुले बताउनुभएको छ।

जानकारी तथा लेखहरु