फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय रोवोट प्रतियोगितामा नेपाली टोली बिजयी

(GMT+08:00) 2018-09-03 14:22:29

एशिया प्रसान्त क्षेत्रको भियतनाममा भएको अन्तराष्ट्रिय रोवोट प्रतियोगिता 'एवियु रोवोकोन', मा नेपालले पाकिस्तानलाइ पुन: पराजित गरेको छ। यो प्रतियोगितामा नेपालले 'बेष्ट सटल कक अवार्ड' समेत हात पारेको छ।

भियतनाम पहिलो भएको यो प्रतियोगतामा एसिया प्रशान्त क्षेत्रका जापान, चीन, भियतनाम, मलेशिया, इन्डोनेशिया, रसिया, काजकिस्तान, थाईल्याण्ड, फिजी, भारत, पाकिस्तान, श्रीलंका लगायतका १८ मुलुकले भाग लिएका थिए। नेपाल लगायत १८ समूह विच भएको प्रतिस्पर्धामा, नेपालले पाकिस्तानलाई शुन्य अंकका विरुद्ध २७ अंक प्राप्त गरी विजय हासिल गरेको थियो।

सन २००१ देखि हालसम्म निरन्तर पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस स्थिति रोवोटिक क्लवले 'एवियु रोवोकोन', मा आफनो सहभागिता जनाउदै आएको छ।

क्लवका प्रशिक्षक रमेश चौघरीका अनुसार यस्तै प्रतियोगितामा रोवोटिक्स क्लवले भारतलाइ ६ पटक, दुइ पटक श्रीलंका र पाकिस्तानलाई हराएको छ। यति मात्र नभएर रुस, साउथ कोरिया, फिलिपिन्स, कजाकिस्तान, फिजि, श्रीलंका, इरान, मलेशिया लगायतका राष्ट्र लाइ पनि नेपालले विभिन्न रोवोट प्रतियोगितामा हराएको ईकान्तिपुर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु