फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा औद्योगिक उपकरणको आयात उच्च

(GMT+08:00) 2018-09-03 14:24:19
गत महिना औद्योगिक उपकरणको आयात उच्च भएको छ । सरकारी तथ्यांकअनुसार गत साउनमा फलाम तथा स्टिल, हजाईजहाज तथा पार्टपुर्जा र इन्धनको आयात ह्वात्तै बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा गत वर्षको सोही अवधिको तुलनामा ती वस्तुको आयात दोब्बरभन्दा धेरैले बढेको छ।

उद्योग स्थापना गर्न आवश्यक वस्तु फलाम तथा स्टिल हो। चलिरहेका कलकारखाना मरम्मतसम्भार र विस्तारको लागि पनि फलाम, स्टिल तथा पार्टपुर्जा आवश्यक पर्छ। त्यस्तै, औद्योगिक उत्पादनका लागि इन्धन चाहिन्छ। गत महिना १४ अर्ब ६२ करोड रुपैयाँको फलाम तथा स्टिल आयात भएको छ। यो पोहोर साउनको तुलनामा ६९ प्रतिशतले बढी हो । तथ्यांक अनुसार गत वर्ष साउनमा फलाम तथा स्टिल वस्तुको आयात आठ अर्ब ६३ करोडको मात्र रहेको नागरिकन्यूज डटकमले जनाएको छ।

हवाईजहाज तथा पार्टपुर्जाको आयात पनि उच्च भएको छ। गत साउनमा हवाईजहाज तथा यसको पार्टपुर्जा आयातमा १३ अर्ब ३० करोड रुपैयाँ बाहिरिएको छ। पोहोर साउनमा हवाईजहाज तथा पार्टपुर्जा आयातमा एक अर्ब ४४ करोड मात्र बाहिरिएको थियो।उद्योगलाई आवश्यक पर्ने वस्तुमा इन्धन पनि एक हो। आयातित इन्धनको केही हिस्सा औद्योगिक उत्पादन तथा पूर्वाधार निर्माणमा पनि खर्च हुने गरेको छ। यसले गर्दा इन्धन आयात बढ्दै गएको हो। पोहोर साउनमा सबै प्रकारका पेट्रोलियम इन्धन नौ अर्ब ६९ करोड बराबरको आयात भएको थियो। यस वर्ष साउनमा यसको आयात करिब ८७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।

जानकारी तथा लेखहरु