फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी अतिक्रमण विरूद्ध विजयको ७३औं स्मृति बैठक पैचिङमा

(GMT+08:00) 2018-09-03 15:20:29

चिनियाँ जनताले जापानी अतिक्रमणकारी युद्ध अर्थात् जापानी फासिस्ट विरूद्धको युद्धमा विजय हासिल गरेको ७३औं स्मृतिमा आज सेप्टेम्बर ३ तारिख पैचिङमा एउटा बैठकको आयोजित गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय रणैतिक समितिका सदस्य एवम प्रचारमन्त्री ह्वाङ खुन मिङ सो बैठकमा सहभागी हुनुभएको थियो।

चिनियाँ जनताले जापानी अतिक्रमणमाथि विजय हासिल गरेको त्यो क्षण केही वर्षयता चीनले विदेशी अतिक्रमणकारी विरूद्ध पाएको पहिलो पूर्ण सफलता थियो। यस उल्लेखनीय विजयबाट नयाँ चीनको विकास र आधुनिकीकरण निर्माणका लागि धेरै महत्वपूर्ण योगदान छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभाग, संयुक्त फ्रन्ट कार्य विभाग, पार्टीको इतिहास तथा साहित्य अनुसन्धान संस्थान र चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सैनिक समितिको राजनैतिक विभागको संयुक्त प्रयासमा सो बैठकको आयोजना भएको हो। सो बैठकमा यी विभिन्न विभागका प्रतिनिधिहरू, चीनका विभिन्न डेमोक्रेटिक पार्टीका सदस्यहरू र विभिन्न क्षेत्रका शुभेच्छुकहरूले वैचारिक आदान-प्रदान गर्न २०० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

जानकारी तथा लेखहरु