फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा बेल्ट एण्ड रोडमा अफ्रिकी संलग्नताको स्वागत

(GMT+08:00) 2018-09-03 15:21:06

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज सेप्टेम्बर ३ तारिख पैचिङमा रहेको राष्ट्रिय सम्मेलन केन्द्रमा बोल्दै "बेल्ट एण्ड रोड"को निर्माणमा अफ्रिकाको संलग्नताको स्वागत गर्नुभएको छ। अफ्रिकी मुलुकहरुसँगै मिलेर आ-आफ्नो देशको परिस्थिति अनुकूल समावेशी,आपसी हितयुक्त संयुक्त विजय हुने खालको गुणस्तरीय विकासको बाटोमा लागिरहने तथा जनताको जीवनयापनलाई अरु सुखमय पार्ने इच्छा चीनले लिएको कुरा पनि उहाँले औंल्याउनुभयो।

राष्ट्राध्यक्ष सीले आज चीन-अफ्रिकाका नेतागण र उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरु बीचको उच्चस्तरीय वार्ता सम्मेलन एवम् छैठौं चिनियाँ-अफ्रिकी उद्यमीहरु बीचको सम्मेलनको उद्घाटन समारोहलाई "संयुक्त रुपमा समृद्धिमार्ग प्रस्थान"शीर्षकमा सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।

सीले अफ्रिकी जनसंख्याले विश्वको जनसंख्यामा छ भागमध्ये एकले ओगटेको भन्दै अफ्रिकी जनता लगायत विभिन्न मुलुकहरुको संयुक्त समृद्धिको चाहनालाई पूरा गर्नु मानवीय हितलक्षित समुदायको निर्माणका लागि एउटा महत्वपूर्ण विषय रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु