फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले सहयोग रद्द गरेको प्रति पाकिस्तानको ध्यानाकर्षण

(GMT+08:00) 2018-09-03 16:47:24

पाकिस्तानका परराष्ट्रमन्त्री कुरेशीले सेप्टेम्बर २ तारिखका दिन अमेरिकी रक्षा मन्त्रालयले हालै एउटा ३० करोड अमेरिकी डलर बराबरको पाकिस्तान केन्द्रित सहयोग रद्द गरेको कुराप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ। साथै उहाँले अमेरिकी परराष्ट्रमन्त्री माइक पोम्पेओको पाकिस्तान भ्रमणका बेला यस समस्याबारे छलफल गर्ने योजना पनि सुनाउनुभएको छ।

मन्त्री कुरेशीले एउटा पत्रकार सम्मेलनमा आतंकवाद विरूद्ध लड्नु अमेरिका तथा पाकिस्तानबीचको साझा जिम्मेवारी भएको बताउँदै यस पटक अमेरिकाले रद्ध गरेको सहयोग परियोजना पाकिस्तानलाई सहयोग गर्ने परियोजना मात्रै नभएर आतंकवाद विरूद्ध लड्ने अमेरिकी परियोजना थियो, भन्नुभयो। उहाँले यसले पाकिस्तानलाई हानी पुर्याएको बताउनुभयो। यस समस्याबारे अमेरिकासँग छलफल गर्नुपर्ने र यी दुई देशबीचको सम्बन्धलाई सकेसम्म सुधारका लागि प्रयास गर्दै जाने विचार पनि उहाँले व्यक्त गर्नुभयो।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले यसै १ तारिखका दिन पाकिस्तानले अमेरिकाको दक्षिण एशियाली रणनैतिक योजनालाई समर्थन दिन कम गरेकाले पाकिस्तानतर्फको सहयोग परियोजना रद्द गरेको बताएका थिए।

जानकारी तथा लेखहरु