फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१८ चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलन शुरु

(GMT+08:00) 2018-09-03 17:11:39

सन् २०१८ चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलन आज तीन तारिख दिउँसो पैचिङमा शुरु भएको छ। सो अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सम्बोधन गर्नुभएको छ। ५३ वटा अफ्रिकी मुलुकका नेता वा प्रतिनिधि, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस, अफ्रिका लिग समितिका अध्यक्ष, तथा अरु २७ वटा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनका पर्यवेक्षक पनि यस सम्मेलनमा सहभागी हुनुभएका छन्। यस पटकको शिखर सम्मेलनको मुख्य विषय "सहयोग र साझा समृद्धि, अझै घनिष्ट चीन-अफ्रिका भाग्य समुदायको संयुक्त रुपमा निर्माण" रहेको छ। यस सम्मेलनले आगामी तीन वर्षका साथै भविष्यको चीन र अफ्रिका बीचको सहयोगको क्षेत्र र मुख्य विषयको योजना बनाउने छ।

जानकारी तथा लेखहरु