फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्रिकाद्वारा सन् २०३० अघि खाद्य सुरक्षा आधारभूत कार्यान्वयन चीनद्वारा समर्थन

(GMT+08:00) 2018-09-03 17:43:37

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सन् २०३० अघि अफ्रिकाले खाद्य सुरक्षा आधारभूत कार्यान्वयन गर्ने विषयलाई चीनले समर्थन गरेको बताउनुभएको छ। उहाँले चीनले अफ्रिकासँग चीन-अफ्रिका कृषि आधुनिकीकरण सहयोग योजनालाई संयुक्त रुपमा अगाडि बढाउने र कार्यन्वयन गर्ने पनि औंल्याउनुभयो। उहाँले चीनले अफ्रिकामा पचास वटा कृषि सहायता परियोजनाको निर्माण गर्ने, अफ्रिकी प्रकोपपीडित मुलुकका लागि एक अर्ब चिनियाँ युआनको खाद्य सहायता प्रस्तुत गरिने, अफ्रिकाका पाँच सय जना कृषि क्षेत्रका विद्वानलाई उच्च अध्ययन गराउने पनि बताउनुभयो। उहाँले चीनले चीन-अफ्रिका आर्थिक-व्यापार मेलाको आयोजना गर्ने, चिनियाँ व्यवसायबाट अफ्रिकाको लगानीलाई विस्तार गराउने, अफ्रिकामा आर्थिक-व्यापार सहयोग क्षेत्रको नयाँ निर्माण वा अपग्रेड गर्ने पनि औंल्याउनुभयो।

जानकारी तथा लेखहरु