फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अफ्रिकामा दशवटा लुपान नामको तालिम केन्द्रको स्थापना

(GMT+08:00) 2018-09-03 17:53:29

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले तीन तारिख चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा बोल्नुहुँदै अफ्रिकी युवालाई पेशागत प्राविधिक तालिम प्रदान गर्नका लागि चीनले अफ्रिकामा दशवटा लुपान नामक तालिम केन्द्रको स्थापना गर्ने वचन दिनुभएको छ।

चीनले विदेशमा पेशागत शैक्षिक तालिमका लागि लुपान नामको तालिम केन्द्रको स्थापना गरेको हो। यस्तो केन्द्र हालसम्म थाइल्याण्ड तथा पाकिस्तानमा व्यवहारमा उतारिसकेको छ। राष्ट्राध्यक्ष सीले युवामा आविष्कारबारेको सहयोगलाई प्रबर्द्धन गर्नका लागि स्थापना गरेको चीन- अफ्रिका आविष्कार सहयोग केन्द्रले अफ्रिकाका लागि सर्वप्रथम एक लाख दक्ष व्यक्तिलाई तालिम दिनेछ। साथै पचास हजार जनालाई चीन सरकारको छात्रवृत्ति दिने, त्यसै गरी पचास हजार जनालाई तालिम दिने र दुई हजार अफ्रिकी युवालाई चीनको भ्रमण गर्न आमन्त्रण गरिनेछ।

जानकारी तथा लेखहरु