फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा चीन-अफ्रिका सहयोग मञ्चमा आठ वटा कार्यक्रम प्रस्तुत

(GMT+08:00) 2018-09-03 18:04:08

आज ३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीनले अफ्रिकी मुलुकसँग घनिष्ठ सहयोग गरी आगामी तीन वर्ष र भविष्यका लागि आठ वटा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।

चीन र अफ्रिकाबीच औद्योगिक प्रबर्द्धन, उपकरण प्रबर्द्धन, व्यापारिक सुविधा, हरित विकास, क्षमता निर्माण, स्वास्थ्य, मानव आदान-प्रदान, शान्ति तथा सुरक्षा गरी आठ क्षेत्रको सहयोगलाई बढाउने कार्यक्रम प्रस्तुत गर्नुभएको छ। आठ वटा कार्यक्रमको पालना गर्नका लागि चीनले सरकारी उद्धार, वित्तीय संस्था तथा उद्योग लगानी आदि उपायमार्फत अफ्रिकालाई साट्ठी अरब अमेरिकी डलरको समर्थन दिने इच्छा लिएको छ। साथै चीनसँग कुटनीतिक सम्बन्ध स्थापना भएका अफ्रिकाका अति अविकसित मुलुक, भारी ऋणमा रहेका गरिब मुलुक, भित्री भूमिमा रहेका विकासोन्मुख मुलुक, सानो टापुमा अवस्थित विकासोन्मुख मुलुकलाई सन् २०१८ को अन्तसम्म ब्याजरहित ऋणको राहत दिने चीनको योजना छ।

यसअघि सन् २०१५ चीन-अफ्रिका मञ्चमा दश वटा कार्यक्रम प्रस्तुत गरिएको थियो।

जानकारी तथा लेखहरु