फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अफ्रिकाका लागि पचास वटा हरित विकास र पर्यावरण सुरक्षा सहायता परियोजनाको निर्माण

(GMT+08:00) 2018-09-03 18:12:16

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आगामी तीन वर्ष तथा भविष्यमा चीनले अफ्रिकाका लागि पचास वटा हरित विकास र पर्यावरण सुरक्षा सहायता परियोजनाको निर्माण गर्ने, जलवायु परिवर्तन, समुद्र सहयोग, मरुभूमिकरणको रोकथाम, जंगली जनावरहरू र वनस्पतिको सुरक्षा आदि क्षेत्रमा सहयोगलाई सबल पार्ने बताउनुभएको छ।

उहाँले चीन-अफ्रिका वातावरण सहयोग केन्द्रको निर्माणलाई सबल बनाउने, वातावरण सुरक्षा, प्रदूषणको रोकथाम र उपचार, हरित आर्थिक आदि क्षेत्रमा चीन-अफ्रिका हरित राजदूत योजना सञ्चालन गर्ने, चीन-अफ्रिका बाँस केन्द्रको निर्माण, वातावरण सुरक्षा प्रसारण तथा शिक्षा सहयोगलाई सबल पार्ने औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु