फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अफ्रिका अनुसन्धान केन्द्रको स्थापनाः सी चिन फिङ

(GMT+08:00) 2018-09-03 18:31:48

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अफ्रिकासँगको सभ्यताबारेको पारस्परिक अनुभव तथा सिकाइलाई सबल पार्नका लागि चीनले चीन-अफ्रिका अनुसन्धान केन्द्रको स्थापना गर्ने निर्णय गरेको बताउनुभएको छ।

भावी तीन वर्ष तथा अबउप्रान्त केही वर्षको अवधिमा चीनले चीन-अफ्रिका संयुक्त अनुसन्धान तथा आदानप्रदान योजनालाई महत्व दिने, पचासवटा सांस्कृतिक तथा खेलकुद तथा पर्यटन परियोजना लागू गर्ने, सिल्क रोडको अन्तर्राष्ट्रिय थिएटर, सङ्ग्रहालय तथा सांस्कृतिक दिवसमा अफ्रिकी मुलुकको सहभागिताको समर्थन गर्ने, चीन-अफ्रिका संचार-माध्यमको सहयोगात्मक वेबसाइट बनाउने, चीन तथा अफ्रिका पारस्परिक सांस्कृतिक केन्द्रको स्थापना गर्ने, अफ्रिकामा कन्फ्युसियस इन्स्टिच्यूट खोल्न शर्तसित मेल खाने शैक्षिक सँस्थाको समर्थन गर्ने र अझ बढी अफ्रिकी मुलुकलाई चिनियाँ नागरिकको पर्यटकिय गन्तव्य बनाउन समर्थन गरिने लगायतका योजनाहरू छन्।

जानकारी तथा लेखहरु