फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अफ्रिकाबीच सहयोगको गुणस्तरलाई माथि उकासेर जनहितलक्षित अरु घनिष्ठ समुदायको निर्माण गरिने

(GMT+08:00) 2018-09-03 19:53:56
सन् २०१८ चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले "संयुक्त भाग्यका लागि हातमा हात मिलाऔं,संयुक्त इच्छामार्फत विकासलाई अघि बढाऔं"शीर्षकमा सम्बोधन गर्नुभएको छ। सीले आगामी तीन वर्ष तथा अबका केही समयमा चीनले "आठ वटा कार्यक्रम"को आयोजना मार्फत उद्योग प्रवर्द्धन,प्रवन्धको जोड,व्यापारिक फाइदा,हरित विकास,क्षमता निर्माण,स्वास्थ्य सेवा,मानवीय आदान-प्रदान,शान्ति तथा सुरक्षा लगायत क्षेत्रमा चीन र अफ्रिकाका जनताको हित लक्षित अरु घनिष्ठ समुदायको निर्माण गर्ने परिकल्पना प्रस्तुत गर्नुभएको छ।

आफ्नो सम्बोधनमा सीले अफ्रिकासँगको सहयोगमा पाँच वटा सिद्धान्तमा चीन अडिग रहेको प्रष्ट पार्नुभयो। त्यो भनेको अफ्रिकाको विकास मार्गमा हस्तक्षेप नगर्ने,अफ्रिकाको आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्ने, चीनको इच्छा अफ्रिकामाथि जबरजस्ती नलाद्ने,अफ्रिकालाई दिने सहयोगमा कुनै पनि राजनीतिक शर्त नथप्ने र अफ्रिकामा गर्ने लगानीमा राजनीतिक स्वार्थ नराख्ने भन्ने हो।

जानकारी तथा लेखहरु