फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंको बाहिरी चक्रपथ बनाउन २४ वटा चिनियाँ सरकारी कम्पनीको इच्छा

(GMT+08:00) 2018-09-04 16:16:50
उपत्यकाको बाहिरी चक्रपथ बनाउन २४ वटाले चिनियाँ सरकारी कम्पनीले इच्छा देखाएका छन्। जग्गा एकीकरण गरेर निर्माण प्रक्रिया अगाडि बढाउने टुंगो नलाग्दै चीनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत इच्छुक सरकारी कम्पनीको सूची बुझाएको छ। यसैगरी चीनका निजी कम्पनी पनि चक्रपथ बनाउन निरन्तर सम्पर्कमा आइरहेका छन्। ७२ किलोमिटरको पूरै सडक बनाउन इच्छा व्यक्त गर्दै आवेदन हाल्ने सरकारी कम्पनी २४ वटा रहेको बाहिरी चक्रपथ विकास आयोजनाले जानकारी दिएको छ।

चीनले नेपाललाई बाहिरी चक्रपथ निर्माण गर्दा चिनियाँ सरकारी कम्पनीसँग सहकार्य आग्रह गर्दै ती कम्पनीको सूची उपलब्ध गराएको छ। चीनले बाहिरी चक्रपथ चिनियाँ सरकारी कम्पनीमार्फत नै बनाउन चाहेको पनि सुझाव सूचीमा उल्लेख छ।

उपत्यका विकास प्राधिकरणले अगाडि बढाइरहेको बाहिरी चक्रपथ निर्माणको फाइल अहिले सहरी विकास मन्त्रालयमा छ। मन्त्रालयले पूरै खण्ड एकैपटक अघि बढाउने प्रयास गरिरहेको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो। मन्त्री राईका अनुसार आयोजना बन्ने हल्ला भएपछि भूमाफियाले जग्गा टुक्रा गरेको, कित्ताकाँट बढेको र जग्गा फिर्ता गर्दा सरकारले थपेर दिनुपर्ने हुँदा समस्या हुने भन्दै बाहिरी चक्रपथको रेखांकन नै परिवर्तन गर्नुपर्नेछ। अन्नपूर्णपोस्ट अनलाइनका अनुसार आयोजना अगाडि बढाउन १४ वर्ष अगाडि नै घोषणा गरेको भए पनि अहिलेसम्म आवश्यक प्रक्रिया नै पूरा भएको छैन।

बाहिरी चक्रपथ बनाउन यस अघि चिनियाँ कम्पनी चाइना ह्युम्यानिटिज डिप्लोमेटिक प्रमोसन एसोसिएसन र चाइना न्युक्लियर इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन ग्रुप कर्पोरेसनको संयुक्त लगानीको कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्ने इच्छा औपचारिक रूपमै देखाएको थियो।

बाहिरी चक्रपथ निर्माणमा इच्छा देखाउने सरकारी कम्पनीमा पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, पावर चाइना इन्टरनेसनल, ग्रुप लिमिटेड, सिनो हाइड्रो कर्पोरेसनसहितको हाइड्रो चाइना कर्पोरेसन, चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसन लिमिटेड, चाइना इन्टरनेसनल वाटर इलेक्ट्रिक कर्प, छोङ्दीङ इन्टरनेसनल इन्जिनियरिङ, चाइना तिसीजु सिभिल इन्जिनियरिङ, हुवावे टेक्नोलोजी, जेटटीई कर्पोरेसन, तिब्बतियन इलेक्ट्रिक अपार्तुस कम्पनी, सांघाई कन्स्ट्रक्सन ग्रुप, दोङफङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, चाइना रेल्वाट सीसीजु ग्रुप कर्पोरेसन, चाइना रेल्वे इन्टरनेसनल, चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी छन्।यसैगरी बाहिरी चक्रपथ बनाउन रुचि राख्ने कम्पनीमा आइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी तथा नाइन्थ चाइना फस्र्ट हाइवे इन्जिनियरिङ, चाइना हुसी इन्टरप्राइजेज, चाइना रेल्वे कन्ट्रक्नस कर्पोरेसन, सान्दोङ तइकाई पावर इन्जिनियरिङ, चाइना साङदोङ फरेन इकोनोमिक एन्ड टेक्निकल कर्पोरेसन, चाइना रेल्वे ग्रुप लिमिटेड, चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्प, चाइना रेल्वे नं २ इन्जिनियरिङ कम्पनी, चाइना नेसनल ओभर्सिज इन्जिनियरिङ कर्पोरेसन, चाइना इलेक्ट्रिक पावर इक्विपमेन्ट एन्ड टेक्नोलोजी र चाइना नेसनल हेभी मेसिनरी कर्प रहेका छन्।

जानकारी तथा लेखहरु