फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पपछि बन्द चीन-नेपाल नाका खोल्न भौतिक संरचना आवश्यक

(GMT+08:00) 2018-09-04 16:19:26

नेपाल–चीन प्रतिनिधिबीच सोमबारको बैठकले नाका खोल्न भौतिक संरचना तयार हुनुपर्ने निर्णय गरेको छ । भूकम्पपछि बन्द नाका निरीक्षणमा आएका चिनियाँ प्रमण्डलले नेपाली पक्षसँग संरचना तयारीको विषय उठाए । छलफलमा भाइस सेक्रेटरी जनरल अफ गभर्मेन्ट अफ टिबेट अटोमनस रिजनकी छुङलिउले नाका खोल्न चीनले चासो देखाए।

दुवै तर्फबाट भौतिक रूपमा तयारी पूरा भएपछि केन्द्रीय सरकारबाट नाका खोल्न पहल हुने छ । 'चीनको भौतिक संरचनाबारे निरीक्षण गराउँदै नेपालतर्फ तयारी गर्न अनुरोध गरिएको छ,' सहायक प्रजिअ दुर्गा बन्जाडेले चीन पक्षको भनाइ उद्धृत गर्दै भन्नुभयो। चिनियाँ कम्पनी सीआरसीसीले लार्चामा बनाइरहेको सुक्खा बन्दरगाहदेखि कोदारी राजमार्गबारे विषय उठान भएको उहाँले सुनाउनुभयो। खासादेखि मितेरी पुलसम्मको खण्ड भने चीनले बनाइसकेको छ ।

कोदारी राजमार्गको झाङ्मु पुलदेखि तिब्बतको न्यालमसम्म साबिकको सडक बनिसकेको छ ।बन्जाडेका अनुसार चीनले २ महिनामा सबै कुरा तयार गर्ने लक्ष्य लिएर अघि बढेको छ ।

सीधै तातोपानीको लार्चामा व्यापारिक सामान ओराल्ने रणनीति लिएको चीनले न्यालममा भन्सार, अध्यागमन र क्वारेन्टाइन कार्यालय बनाइसकेको छ । नेपालतर्फ भने कुनै संरचना तयार भएको छैनन्। निर्माणाधीन सुक्खा बन्दरगाहबाहेक सडकदेखि सीमा बजार प्राय: ध्वस्त छन्, इकान्तिपुर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु