फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा बन्ने रेल परियोजनाको भारतीय मन्त्रीबाट निरीक्षण

(GMT+08:00) 2018-09-04 16:21:58

भारतको सडक परिवहन राज्यमन्त्री मन्शुद लक्ष्मण भाइ माण्डवीयाले भारतीय लगानीमा नेपालमा सञ्चालित दुई ठूला परियोजनाको निरीक्षण गर्नुभएको छ। काठमाडौंबाट सोमबार बिहान जनकपुर आएका भारतको केन्द्रीय सडक तथा परिवहन राज्यमन्त्री माण्डवीयाले झन्डै ६ अर्बको लागतमा निर्माणाधीन जनकपुर जयनगर रेल्वेको निर्माण प्रगति र हुलाकी राजमार्ग निर्माणसम्बन्धी गतिविधिको स्थलगत अवलोकन गर्नुभएको हो।

जनकपुर आएलगत्तै जानकी मन्दिरमा पूजापाठ र दर्शन गरेर रेल्वेको प्रगति निरीक्षण गर्न मन्त्रीटोली कुर्था पुगेको थियो। निर्माण कम्पनीका पदाधिकारीले डिसेम्बरसम्म एकमहिने परीक्षण र त्यसपछि नियमित सञ्चालन गर्न सकिने जनाएको थियो।

भारतको रेल्वे विभागको डीजीएम उमेशचन्द्र त्रिपाठीले उनलाई प्रगति र निर्माण सम्पन्न हुने समयबारे जानकारी गराए।

यसैबीच जनकपुर–जयनगर रेल्वे सेवा कात्तिकभित्र सञ्चालनमा आउने तयारी भएको छ। सबै तयारी अन्तिम चरणमा रहेको हुनाले सन २०१८ भित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको रेल्वे विभागले जनाएको छ। जनकपुर–जयनगर रेल्वेको अहिले ३० किलोमिटरसम्म लिक बिछ्याउने कार्य भइसकेको रेल्वे विभागका महानिर्देशक अनन्त आचार्यले बताउनुभयो। उहाँका अनुसार जनकपुर–जयनगरसम्म २८ किलोमिटर दूरी छ। यहाँसम्म लगभग सबै काम अन्तिम चरणमा पुगिसकेको रेल्वे विभाग महानिर्देशक आचार्यको दाबी छ।

जानकारी तथा लेखहरु