फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम जारी

(GMT+08:00) 2018-09-04 16:23:36

अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ (नेरु) कमजोर हुने क्रम अझै थामिएको छैन । पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेरु कमजोर । यही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमयदर १ सय १४ रुपैयाँभन्दा माथि पुगेको छ ।

यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न १ सय १४ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ भन्ने हो । यो हालसम्मकै उच्च हो । मंगलबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय १३ रुपैयाँ ६४ पैसा तोकेको छ । यो सर्वसाधारणबाट बैंक वा मनी एक्सचेन्जरहरूले खरिद गर्ने दर हो । सोमबार यस्तो विनिमय दर १ सय १३ रुपैयाँ २९ पैसा थियो ।

नेरुको तुलनामा डलर निरन्तर बलियो बन्दै गएपछि त्यसबाट पर्न सक्ने सम्भावित असरबारे राष्ट्र बैंकले अध्ययन थाल्ने तयारी गरेको छ । पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्रमा देखिएको तीब्र आर्थिक सुधारले विश्व बजारमा डलर बलियो गएको जनाउँदै राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुङ्गानाले भन्नुभयो, निरन्तर रूपमा डलर बलियो बन्दै गएको कारण र सम्भावित असरबारे अध्ययन सुरु गर्छौं ।' कान्तिपुर अनलाइनका अनुसार विश्व बजारको परिदृश्य विश्लेषण गर्दा आउँदा केही दिन अझै अमेरिकी डलर बलियो बन्दै जाने उहाँको अनुमान छ । नेपालको आफ्नो कारणले भन्दा पनि डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दै गएकाले नेरु पनि कमजोर भएको जानकारहरू बताउँछन् ।

जानकारी तथा लेखहरु