फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री वाङ यी र संयुक्त राष्ट्रसंघका महासचिवबीच पैचिङमा भेटवार्ता

(GMT+08:00) 2018-09-04 16:24:21

चीनको राज्य परिषद्का सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले हिजो सेप्टेम्बर तीन तारिख जनबृहत् सभा भवनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुभएको छ।

मन्त्री वाङ्गले चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मानव भाग्य समुदायको एकरुपताको स्थापना गर्ने विचारधाराको प्रस्तुत गर्नुभएको र चीन-अफ्रिका सहयोगले उक्त विचारधारालाई व्यवहारमा उतार्ने ठोस कदम लिएको धारणा राख्नुभयो। अहिले एकपक्षीयतावाद पुनरुत्थानको परिस्थितिमा चीनले संयुक्त राष्ट्र संघसँग प्रयास गरी संयुक्त रुपमा मानव भाग्य समुदायको एकरुपताको स्थापना गर्ने इच्छा लिएको पनि मन्त्री वाङ्गले व्यक्त गर्नुभएको छ।

प्रत्युत्तरमा महासचिव गुटेरेसले व्यक्त गर्दै, संयुक्त राष्ट्रसंघले चीनले अन्तर्राष्ट्रिय मामिलामा निर्वाह गरेको रचनात्मक भूमिकामा उच्च महत्व दिएर चीनसँग बहूपक्षीयतावादको पालना गरी नियमको आधारमा स्थापना गरिएको अन्तर्राष्ट्रिय परिपाटीको संरक्षण गर्ने बताउनुभएको छ।

जानकारी तथा लेखहरु