फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्रिकी मुलुकहरुद्वारा चिनियाँ राष्ट्रपति सीको सम्बोधनको उच्च मूल्यांकन

(GMT+08:00) 2018-09-04 18:17:40

हिजो सेप्टेम्बर ३ तारिखदेखि आयोजित चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले "संयुक्त भाग्यका लागि हातमा हात मिलाऔं,संयुक्त इच्छामार्फत विकासलाई अघि बढाऔं" शीर्षकमा सम्बोधन गर्नुभएको थियो। उहाँको सम्बोधनप्रति अफ्रिकी मुलुकहरुका जनताबाट सक्रिय प्रतिक्रिया जनाइएको छ। उनीहरुले राष्ट्राध्यक्ष सीको सम्बोधन अर्थपूर्ण रहेको भन्दै उहाँको सम्बोधनले चीन-अफ्रिका सहयोग संयुक्त विजय तथा संयुक्त विकासलाई अघि बढाउने आशय प्रकट गरेका छन्। राष्ट्राध्यक्ष सीद्वारा प्रस्तुत आगामी तीन वर्ष तथा आगामी केही समयभित्र चीन-अफ्रिका सहयोगका लागि "आठ वटा कार्यक्रम"बाट अफ्रिकाका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई उत्साहित गरेको छ।

शिखर सम्मेलनमा सहभागी भएका सोमाली विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री अहमद इसे आवादले सी चिन फिङको सम्बोधनको उच्च मूल्यांकन गर्नुका साथै चीन र अफ्रिकाको हितलक्षित अरु घनिष्ठ समुदायको निर्माणले चीन र अफ्रिकाबीचको हित,संयुक्त विजय तथा संयुक्त विकासलाई अघि बढाउने ठहर गर्नुभयो।

नाइजेरियाका उड्ययन तथा गृहमन्त्री हादि सिरिकाले राष्ट्राध्यक्ष सीको सम्बोधनले ठूलो मुलुकको रुपमा चीन उत्तरदायी मुलुक रहेको अभिव्यक्त गरेको भन्दै सीद्वारा प्रस्तुत अनेकन व्यवहारिक कदमबाट अफ्रिकी मुलुक उत्साहित रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु