फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केही पश्चिमा मुलुकको गलत विचारले चीन-अफ्रिका सहयोग रोक्न नसक्ने

(GMT+08:00) 2018-09-04 18:39:00
चीन-अफ्रिका सहयोग मञ्च हिजोआज पैचिङमा परिपक्व हुँदै आएको छ। बितेका अठार वर्षदेखि केही पश्चिमा मुलुक तथा सञ्चार माध्यमले चीन-अफ्रिका सहयोगप्रति शंका गर्दै आएका छन्। तथापि चीन र अफ्रिकाले दृढ पाइला चालेर निरन्तर रुपमा व्यवहारिक सहयोगको उपलव्धी हासिल गर्दै आएका छन्। यस पटकको चीन-अफ्रिका सहयोग मञ्चको अवधिमा पहिले चीन-अफ्रिका सहयोगप्रति शंका गर्ने केही पश्चिमी सञ्चारमाध्यमले उचित विवरण प्रस्तुत गर्न थालेको देखिएको छ। "अफ्रिकामा चीनको लगानी परियोजनाले अफ्रिकामा रोजगारी उपलव्ध नगराउने" रिपोर्ट सधैं नै पश्चिमी सञ्चार माध्यमहरूमा देख्नसकिन्छ। यसबारे अमेरिकाको सी.एन.एनले म्याक् किन्सेलाई उद्धृत गर्दै चीनले अफ्रिकी महाद्वीपमा लाखौं लाख रोजगारी उपलव्ध गराएको उल्लेख गरेको छ। "चीनको विकासको ढाँचा अफ्रिकासँग नमिल्ने"धारणा आजकाल बेलायतको फाइनान्सियल टाइम्समा छापिएको छ। तथापि यसका साथै बी.बी.सीले अफ्रिकामा "चीनको विकासको ढाँचा" का धेरै महत्वपूर्ण समर्थकहरु रहेको रिपोर्ट निकालेको छ। बी.बी.सीले अफ्रिकी विकास बैंकका गभर्नर अकिउमि आदेसिनालाई उद्धृत गर्दै चीन अफ्रिकाको साथी रहेको उल्लेख गरेको छ।
जानकारी तथा लेखहरु