फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रथम महिला फङ ली युआन एड्स प्रतिरोध विषयक चीन-अफ्रिका सम्मेलनमा सहभागी

(GMT+08:00) 2018-09-04 18:42:33

चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ ली युआनले आज सेप्टेम्बर ४ तारिख पैचिङमा रहेको त्याउ यु थाई होटेलमा "चीन र अफ्रिकाले हातमा हात मिलाएर एड्सको प्रतिरोध गरी उज्यालो भविश्यको उपभोग गरौं" विषयक सम्मेलनमा सम्बोधन गर्नुका साथै अफ्रिकाका सैंतीस जना राष्ट्र नायक वा सरकार प्रमुखकी श्रीमतीहरुसँगै "एड्सको प्रतिरोध विषयक चीन-अफ्रिका सम्मेलनको संयुक्त प्रस्ताव" सार्वजनिक गर्नुभएको छ।

आफ्नो सम्बोधनमा उहाँले एड्सको प्रतिरोधमा अफ्रिकी मुलुकहरुको उपलव्धीप्रति बधाई व्यक्त गर्दै चीनको सफल व्यवहार तथा उपयोगी अनुभवबारे जानकारी दिनुभयो। फङ ली युआनले सन् २०१९देखि चीनले अफ्रिकी मुलुकहरु तथा सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरुसँग तीन वर्षसम्म हुने "चीन तथा अफ्रिकाका किशोर तथा युवाहरुका लागि एड्स निवारण तथा सामुदायिक क्षेत्रमा स्वास्थ्य कार्यक्रम"को कार्यान्वयन गर्ने घोषणा पनि गर्नुभयो।

जानकारी तथा लेखहरु