फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनपछि सी चिन फिङद्वारा पत्रकार सम्मेलन

(GMT+08:00) 2018-09-05 10:39:34

       अगस्त ४ तारिख सन् २०१८ चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलन सम्पन्न भएको छ। त्यसपछि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मञ्चका पूर्व-सह अध्यक्ष मुलुक एवम दक्षिण अफ्रिकाका राष्ट्रपति मातामेला सिरिल रामाफोसा र वर्तमान सह अध्यक्ष मुलुक एवम सेनेगलका राष्ट्रपति माकि सालसँगै जन वृहत्त सभा भवनमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ।

      सो अवसरमा सी चिन फिङले सम्मेलनले अझ घनिष्ठ चीन-अफ्रिका भाग्य समुदायको स्थापना गर्ने पैचिङ घोषणा पत्रको सार्वजनिक गरी चीन-अफ्रिका सहयोग मञ्च—पैचिङ कार्य योजना पारित गरेबाट विश्वलाई चीन र अफ्रिकाले संयुक्त रूपमा मिलेर विकास गर्ने स्पष्टता देखाइएको उल्लेख गर्नुभयो। पैचिङ शिखर सम्मेलन सफल भएबाट चीन-अफ्रिका चौतर्फी रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई नयाँ ऐतिहासिक प्रारम्भमा राखेर नयाँ ऐतिहासिक यात्रा सुरु गरिएको र पैचिङ शिखर सम्मेलनको उपलब्धिलाई व्यवहारमा उतारी व्यावहारिक उपलब्धिलाई लिएर चीन र अफ्रिकी जनतालाई फाइदा पुर्‍याउनुपर्ने पनि सी चिन फिङले बताउनुभयो।

       रामाफोसा र सालले सम्बोधन गर्दै चीनले अफ्रिकाको विकासको लागि गरेको योगदानप्रति धन्यवाद ज्ञापन गर्न चाहेको भन्दै यस शिखर सम्मेलनको ठूलो उपलब्धि हासिल भएको र अफ्रिकाले चीनसँग मिलेर अझ घनिष्ठ चीन-अफ्रिका भाग्य समुदायको निर्माण गरी दुई देशका जनतालाई अझ बढी फाइदा पुर्‍याउने इच्छा लिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु