फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यातायात तथा पारवहन सम्झौतामा छलफल गर्न चिनियाँ टोली नेपालमा

(GMT+08:00) 2018-09-05 18:54:02
ट्रान्सपोर्ट ट्रान्जिट प्रोटोकलको विषयमा छलफल गर्न चिनियाँ टोली नेपाल पुगेको छ। नौ सदस्यीय टोलीले भोलि र पर्सि काठमाडौंमा छलफल गर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेलामा सो सम्झौतामा हस्ताक्षर हुने भनिए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो। त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको नेतृत्वमा नेपाली टोली चीन गएर छलफल गरेको थियो। गत असार ५ देखि १० गते सम्म भएको छलफलमा पनि सबै विषयमा सहमति हुन नसकेपछि चिनियाँ टोली नेपाल पुगेको हो। नेपाललले माग गरेको हरेक विषमा सहमति जुटे पनि चिनियाँ पोर्टको सम्बन्धमा भने छलफल अपुग भएकोले काठमाडौंमा थप छलफल गर्न लागिएको हो।

यसैबीच तेस्रो मुलुकसँग व्यापारका लागि नेपालले चिनियाँ बन्दरगाह माग गरेको छ। नेपालले माग गरेका थ्येन्चिन, क्वाङ्चौ र सांघाईलगायत ६ बन्दरगाह छन्। नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का लागि पूर्वाधार निर्माण तथा द्विदेशीय कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने विषय पनि प्रोटोकल छलफलमा उठेको छ। त्यस्तै वैकल्पिक व्यापारिक मार्ग खोल्ने, नेपालमा निःशुल्क व्यापार क्षेत्र र विशेष आर्थिक क्षेत्र स्थापना गर्ने तथा कच्चा पदार्थ आयातमा अतिरिक्त शुल्क घटाउने विषय छलफलमा छन्। छलफमा तातोपानी नाका खोल्ने विषय पनि उठान भएको छ। यसमा चिनियाँ पक्ष सकरात्मक छ। हुम्लाको पुलान (यारी, मुस्ताङको लिजी) नेचुङ, ताप्लेजुङको रिवु (ओलाङचुङगोला र संखुवासभाको चेन्ताङ) किमाथाङ्का नाकामा सुख्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव गर्ने भएको नेपालखबरले लेखेको छ।

जानकारी तथा लेखहरु