फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा रेशमी मार्गका फूलहरू साँस्कृतिक कार्यक्रम

(GMT+08:00) 2018-09-05 19:03:00

रेशमी मार्गका फूलहरू विषयक चिनियाँ परम्परागत कला प्रदर्शनी दिउसो नेपालको राजधानी काठमाडौंमा गरिएको छ। पैचिङबाट गएका कलामण्डलीले करीब ४०० दर्शकमाझ चिनियाँ नाचगान, बाजा, कुङ्फु, ओपेरा लगायत चिनियाँ परम्परा प्रस्तुत गरेका छन्।

पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले भन्नुभयो, 'चिनियाँ संस्कृतिको परिचय दिन तथा दुवै देशबीच साँस्कृतिक सम्बन्ध सुधारमा नेपालमा स्थापित चिनियाँ साँस्कृतिक संस्थाहरूले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।'

चीन र नेपालबीचको साँस्कृतिक आदान-प्रदानको पुनरावलोकन गर्दै नेपालका लागि चिनियाँ राजदूत यु होङले भन्नुभयो, 'चीन-नेपाल दौत्य सम्बन्ध कायम भएको ६३ वर्ष यता दुवै देशबीचको साँस्कृतिक आदानप्रदान र आवतजावत द्रूत गतिले हुँदै आएको छ। '

जानकारी तथा लेखहरु